पोखरा , फागुन ८ गते

इन्ट्रा फाउण्डेसन नेपाली भाषा, संस्कृति, संगीत, नृत्य, खेलकुद, र भाषालाई संरक्षण, प्रवर्द्धन, र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको हो। यसको मुख्य उद्देश्य विश्वभर रहेका नेपाली मूलका समुदायहरूको कल्याणमा योगदान पुर्याउने हेतुले इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले आयोजना गरेको “मेरो भ्वाइस युनिभर्स” र “मेरो डान्स युनिभर्स” का लागि बेलायतको एम्पायर हलमा फेब्रुअरी १५, २०२५ मा भव्य फील्ड अडिसन सम्पन्न भएको छ। यस कार्यक्रममा इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीको उपस्थितिमा सयौं दर्शकहरूको उपस्थिति थियो। यू केमा सम्पन्न यस अडिसनबाट “मेरो भ्वाइस” का लागि ६ जना र “मेरो डान्स” का लागि २ जना प्रतियोगीहरू छनोट भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0