सल्यान , कर्णाली प्रदेश
कपुरकोट गाउँपालिका माध्यमिक विद्यालय स्तरीय छैठौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता २०८१ सु-सम्पन्न भएको छ ।
मिति २०८१/११/०७-०९ गते सम्म सन्चालित रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता ५ बिधाका विभिन्न इभेन्टमा कपुरकोट गाउँपालिका वडा न ३ स्थित कालिका मा वि कपुरकोटमा सम्पन्न भएको हो । जसमा १७ स्वर्ण, ११ रजत र २० काश्य गरि जम्मा ४८ पदक सहित भवानी माध्यमिक विद्यालय छायांनाथले प्रथम स्थान हासिल गर्दै शिल्ड जितेको छ ।
१२ स्वर्ण, १८ रजत र १६ काश्य गरि जम्मा ४६ पदक सहित जिवन ज्योती नमुना मा वि रिम दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।त्यसै गरि १२ स्वर्ण, ११ रजत र ११ काश्य गरि जम्मा ३४ पदक सहित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौर तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0