पोखरा ,चैत्र ४ गते
२० औं फेवा नव वर्ष महोत्सव-२०८२ को पत्रकार सम्मेलन सम्पन्न भएको छ।
नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खाना तथा आन्तरिक एवं चाह्य पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटनको राजधानी पोखरामा २० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी अगाडि बढेको छ। यही चैत ३० गते देखि आगामी वैशाख १ गते सम्म फेवा किनारको ड्यामसाइड देखि खहरेसम्म सडकमा यो महोत्सव संचालन हुनेछ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहने भएको छ।
नेपाली नयाँ बर्षलाई उल्लासमय रुपमा मनाउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा यसको प्रचारप्रसार गरी आफ्‌नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्रायले सांस्कृतिक झाँकीसहित महोत्सवको आरम्भ भएको छ । नेपाली खानाको प्रदर्शनी र प्रवर्द्धनलाई पनि महोत्सवमा विशेष जोड दिइने भएको छ । महोत्सवका अवसरमा पोखरा आउने पाहुनाका लागि संघ अन्तर्गतका होटलमा होटलहरुको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिने भएका छन्।   अन्य पर्यटकीय प्रतिष्ठान र व्यवसायीले पनि सक्दो छुट प्रदान गर्ने नै भएका छन्। नेपाली संस्कृतिको जगेर्ना गर्दै पोखराको पर्यटन प्रवर्द्धन गर्ने र पर्यटकहरुको बसाई अवधि लम्ब्याई आर्थिक चलायमानमा वृद्धि गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको आजको पत्रकार सम्मेलन मा जानकारी गरिएको छ।
महोत्सवकै प्रचारप्रसारका लागि संघले नेपाल पर्यटन बोर्डको सहयोगमा पूर्वी नेपालका प्रमुख शहरहरुमा हालै “जाउं है पोखरा’ अभियान संचालन गरी त्यस क्षेत्रका वासिन्दालाई फेवा महोत्सवमा सहभागीताका लागि आमन्त्रण गरिसकेका पत्रकार सम्मेलन मा जानकारी गरिएको छ। संघले घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखरा जस्ता प्याकेज पनि पर्यटकका लागि घोषणा गरेको छ । सन् २०२५ लाई पोखरा महानगरपालिकाद्वारा पोखरा भ्रमण वर्ष घोषणा गरीए पश्चात आयोजना गर्न लागिएको यस बृहत महोत्सवले भ्रमणवर्षको लक्ष्यलाई पुरा गर्न सघाउ पुप्याउने भएको छ । महोत्सवलाई सफतापुर्वक सम्पन्न गर्न २१ भन्दा बढी समिति गठन गरी एरिया संयोजकहरु समेत तोकि सकेको सम्मेलन मा जानकारी गरिएको छ।
प्रदेश स्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, पर्यटक दौड प्रतियोगिता, स्थानिय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषी एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम महोत्सवका आकर्षणहरु रहनेभएका छन्।  महोत्सवलाई पोखरा महानगरपालिका, होटल संघ नेपाल, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड एवम् विभिन्न व्यावसायिक प्रतिष्ठानहरुले सहयोग गर्ने विश्वास सम्मेलन मा विज्ञप्ति मा उल्लेख गरिएको थियो।  महोत्सव संयोजक एवं अध्यक्ष लक्ष्मण सुवेदी ले महोत्सव को अनुमानित खर्च रु ५०,लाख हुने  खाध्य सुरक्षा ,स्वच्छतालाइ ध्यान दिने  भएको र  शान्ति सुरक्षा को लागि बिशेष ध्यान राख्ने पनि सम्मेलन मा जानकारी गराउनु भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0