
काठमाडौँ ,चैत्र २६ गते
एक हप्ताको परीक्षणमा ४८ जनामा एचपिभी डिएनए पोजेटिभ भेटियो :काठमाडौँ महानगरपालिका
परीक्षणका लागि चैत २५ गतेसम्ममा ८४६ जना महिलाहरुको नाम दर्ता भएको छ । उहाँहरुमध्ये ६१३ जनाको परीक्षण भइसकेको छ । परीक्षण गरिएकामध्ये १४४ जनाको मेमोग्राम गरिएको छ । वंशानुगत स्तन क्यान्सर भएका, गएको वर्षको परीक्षणमा पोजेटिभ देखिएपछि बल्ल सम्पर्कमा आएका र यस वर्षको प्रारम्भिक परीक्षणका क्रममा थप जाँच गर्नु पर्ने देखिएका महिलाहरुको स्तनको मेमोग्राम गरिएको हो ।
परीक्षण गरिएकामध्ये २२ जनामा स्त्री तथा प्रसुतिसँग सम्बन्धित समस्या देखिएको छ । चैत १२ गतेदेखि परीक्षण सुरु भएको हो । त्यस यता सबैभन्दा धेरै परीक्षण भएका दिनमा १२६ जनाको जाँच गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

