
मधेस ,पोखरा ९ गते
डा. सीके राउत एउटा यस्तो नाम, जसले आफ्नो आरामदायी जीवन, उच्च आय र सुनौलो भविष्यलाई त्यागेर आफ्नाे जन्मभूमि मधेस र यहाँका जनता लागि जीवन समर्पण गरे। जब अमेरिकाजस्तो समृद्ध देशमा उत्कृष्ट रोजगारी थियो, त्यतिबेला धेरैका लागि त्यो सपना नै हुन्थ्यो। तर डा. राउतका लागि त्यो सपना थिएन। उनको सपना त आफ्नै माटो, आफ्नै जनता, आफ्नै मधेसको मुहारमा खुसी देख्नु थियो।
विदेशको चम्किलो जीवन छाडेर, आफ्नो सास सँगै आफ्नै धूलोमा मिसिन आएका डा. राउतले मधेसलाई अधिकार, शिक्षा, स्वास्थ्य र विकासको मूलधारमा ल्याउने गहिरो संकल्प गरेका थिए। उनीसँग कुनै स्वार्थ थिएन, केवल एउटा भावना थियो । मधेसका सन्तानले अब पीडा होइन, प्रगति अनुभव गरून्।
तर दुखको कुरा के हो भने, आज त्यही सपना बोकेर अगाडि बढिरहेकै बेला, उनका आफ्नै नजिकका साथीहरूबाट पटक–पटक घात भइरहेका छन्। जसलाई हात समातेर अगाडि बढाउन खोजेका थिए, कहिलेकाहीं तिनै हातहरूले नै चोट दिएको पीडा लुकाउन सक्दैनन्। यो घटनाहरूले एउटा साधकको मन चिरिएको छ। तर इतिहासले देखाएको छ — जुन व्यक्तिले साँचो माया गर्छ, उहाँले त्याग गर्न जान्दछ, सहन जान्दछ, र फेरि फेरि उठ्न पनि जान्दछ।
डा.सीके राउत कुनै साधारण नेता होइनन्। उनी मधेसका पीडित जनताको आवाज हुन्। उनी त्यो सपना हुन्, जुन हाम्रा आमाबुवाले आफ्ना सन्तानको उज्यालो भविष्यका लागि देखेका थिए।
जसरी आँधीबेहरीले ठूलो रुखलाई झुक्न बाध्य पार्दैन, त्यसरी नै डा.राउतलाई असल मार्गबाट केही स्वार्थीहरूले डगमगाउन सक्दैनन्। उनी अझै उस्तै अडिग छन्, अझै उस्तै निष्ठावान् छन्। किनकि उनको यात्राको प्रेरणा सत्ता होइन, सम्पत्ति होइन, मधेसका लाखौं जनताको मुस्कान हो।
आज हामीले बुझ्नुपर्छ डा.सीके राउत कुनै व्यक्तिको मात्र नाम होइन, उनी त एक आन्दोलन हुन्, एउटा भरोसा हुन्, एक असल भविष्यका सपना हुन्। हामीले उनीमाथि भरोसा गर्नुपर्छ, उनलाई साथ दिनुपर्छ। किनकि एउटा मानिसले आफ्नो व्यक्तिगत सुख त्यागेर हाम्रो भविष्यको लागि लडिरहेको छ। यस्तो आत्मासँग विश्वास घात गर्नु, वास्तवमा आफ्नै सपना घात गर्नु जस्तै हो।
डा. राउत एक सपना हुन्, जुन सपना पूरा भएपछि मधेस मात्र होइन, सारा नेपालले गर्व गर्नेछ। हामी सबै मिलेर यो सपना जोगाऔं, यो यात्रामा साथ दिऔं।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

