
पोखरा , बैसाख ११ गते
मिति २०८१।०८।२९ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १० स्थायी
वतन भई हाल ऐ. वडा नं. ३१ बागमारा बस्ने वर्ष ४५ की मनमाया थापाले ऐ.ऐ. बस्ने ७२
वर्षिय बृद्ध महिलालाई ललाई फकाई गरी विवाहामा जानकोलागि गरगहना दिनुहोला म
भोलिनै फिर्ता दिन्छु भनी अन्दाजी मूल्य रु.४,८७,०००।– पर्ने (कालो माला-१ थान, बेरुवा
औंठी– १ थान, सादा औंठी- १ थान) दिएको र निज उक्त गरगहना लगे पश्चात सम्पर्क
विहिन भई फरार भएको भन्ने व्यहोराको जाहेरी र त्यसैगरी मिति २०८१।०५।२६ गते
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ बाग्लुङ बसपार्क स्थित रहेको सुन
पसलमा गरगहना खरिद गर्ने भनी गएको र विभिन्न किसिमका गरगहना सिक्री, बल मुन्द्रा,
मिनिहार, औंठी, पिन्जडा, हेन्ड चेन, बेरुवा औंठी समेत गरी अन्दाजी मूल्य रु. ७,५४,००।–
बराबरका गरगहना लगी बैंकको चेक काटी दिएकी र उक्त चेक साट्न जाँदा बैंकबाट
खातावालाको सही फरक परेको हुँदा निजलाई सम्पर्क गर्न खोज्दा सम्पर्क विहिन भएको
भन्ने व्यहोराको जाहेरी समेत प्राप्त हुन आएकोले अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी
कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले मिति २०८२।०१।१० गते जिल्ला कास्की
पोखरा महानगरपालिका वडा नं. १० स्थितबाट निजलाई पक्राउ गरी सम्मानित कास्की
जिल्ला अदालतबाट ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)
सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
1. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १० स्थायी वतन भई ऐ. ३१
बागमारा बस्ने वर्ष ४६ की मनमाया थापा ।जिल्ला प्रहरी कार्यालय, कास्की

