
काठमाडौं,बैसाख २२ गते
मिति २०८२।०१।२१ गते, अ. १६:०० बजेको समयमा जिल्ला काठमाडौं,
काठमाडौं महानगरपालिका ९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडी
सडकमा २ वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार तपसिलमा
उल्लिखित ४ जना व्यक्तिहरूको साथमा रहेको झोला रीतपूर्वक खानतलासी गर्दा
स्रोत खुल्न नसकेको रु. ९५,१७,५००।- (अक्षरेपि पन्चानब्बे लाख सत्र हजार
पाँच सय) रुपैयाँ रकम फेला पारी उक्त रकम सहित निजहरूलाई नियन्त्रणमा
लिइ अनुसन्धान भइरहेको ।
पक्राउ परेका प्रतिवादीहरू
१. जिल्ला काठमाडौं, तार्केश्वर नगरपालिका ३ फेदी घर भएका वर्ष २९ को
समुन्द्र जमकट्टेल
२. जिल्ला सप्तरी, सप्तकोशी नगरपालिका १ घर भएका वर्ष ४३ को गणेश राई
३. जिल्ला लमजुङ, दोदी गाउँपालिका ३ घर भएका वर्ष ३१ को सन्तोष गुरुङ
४. ऐ.ऐ. घर भएका वर्ष ३९ को सन्तोष घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

