पोखरा, श्रावण १५ गते

लागु औषध ६०० ट्याबलेट नाइट्राभेट र ११२० ट्याबलेट ट्रामाडोल सहित ५ जना पक्राउ परेका छन् ।
मिति २०८२।०४।१४ गते, १८:५० बजेको समयमा काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. २ नाम्यागेल
स्थित सडक खण्डमा तपसिलमा उल्लेखित मानिसहरूले लागू औषध साथमा बोकेर हिडि रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा लागु औषध ६०० ट्याबलेट नाइट्राभेट बरामद गरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको । साथै मिति २०८२।०४।१४ गते, १९:०० बजेको समयमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४ कलकी स्थित खड्‌कुले पुल नजिक पार्किङ गरी राखेको ग १ ख ३९६१ नं. को माईक्रो भ्यान गाडीमा शंका लागि चेकजाँच गर्दा गाडि भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा लागु औषध ११२० ट्याबलेट ट्रामाडोल बरामद गरी तपसिलमा उल्लेखित मानिसहरुलाई गाडी सहित नियन्त्रणमा लिई प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान कार्य भइरहेको ।
पक्राउ परेका मानिसहरू-
१. जिल्ला कालिकोट घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ४ नाम्यागेल बस्ने वर्ष २५ को सरोज शाही ।
२. जिल्ला सिन्धुपाल्चोक इन्द्रावती घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ४ भगवती चोक बस्ने वर्ष २४ को सुर्य लामा ।
३. जिल्ला काभ्रेपलान्चोक खानी खोला गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ४ नाम्यागेल बस्ने बस्ने वर्ष ३३ को विमल मगर ।
४. जिल्ला कास्की पोखरा ११ घर भई बस्ने वर्ष ३४ को आशीष बिक ।
५. जिल्ला कास्की पोखरा ११ घर भई बस्ने वर्ष ३० को मनबिर गुरुङ ।
प्रवक्ता
प्र.उ. कुलदिप चन्द मो.नं. ९८५११२६९८३ जिल्ला प्रहरी परिसर, काठमाडौं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0