
पोखरा ,श्रावण २३ गते
नेपाल प्रेस युनियनले सुरु गरेको ‘सदस्यता अभियान’ कार्यक्रम लाइ सम्वोधन गर्दै ,नेपाल प्रेस युनियन कास्की अध्यक्ष शिव लम्साल ले ,नेपाल प्रेस युनियनको एक सय दिने “सदस्यता अभियान बिषेशत कसैले नसक्ने र कसैले नरोक्ने र स्वत:फुर्त रुपमा पत्रकारितामा जोडिने साथीहरु संग- संगै जान सक्ने प्रेस युनियन बनाउन का लागि १०० दिने अभियान प्रारम्भ गरेको बताउनु भएको थियो। उहाँले श्रावण को १५ गते देखि प्रारम्न्भ भै कार्तिक को २१ गते सम्म सदस्यता दिने- लिने गर्न सकिने बताउनु भएको थियो अध्यक्ष शिव लम्साल ले यो सय दिन भित्र सदस्यता व्यवस्थित गर्न हामीले ध्यान दिने पनि बताउनु भएको थियो । उहाँले हाम्रो सदस्यता कार्ड आंफुले बाड्न नसकेको बताउनु भएको थियो । सबैको स्वास्थ्य विमा गर्ने योजना मुलुक का ४ वटा प्रदेश का मुख्य मन्त्रीहरुलाइ ध्यानाकर्षण गर्दा कन्मिस हुनु भएको थियो , र नेपाल सरकार पनि कन्मिस भएको तर प्रेस युनियनको strength धेरै ठुलो भएर स्वास्थ्य विमा पनि गर्न नसकेको बताउनु भएको थियो । सदस्यता लाइ अत्यन्तै टाइट गरेर कुनै पनि पत्रकार वा कसैले पनि लिन चाहानेहरु लाइ नछुट्ने गरि मङ्सिर को दोस्रो हप्ता सम्म नयाँ विधान सभा बनाउने काम मा जुटिरहेको बताउनु भएको थियो। जिल्ला अधिवेसन हुनु भन्दा अघि १ जना नेता हुन् का लागि उसको पछाडी कतिजना मान्छे हुनु पर्दछ , भन्ने कुरा को टुंगो लगाउन नयाँ विधान ल्याउने बताउनु भएको छ। नेपाल को इतिहासमै पहिलोपटक अन्तरास्ट्रिय मिडिया समिट नेपाल प्रेस युनियन ले गरेको पनि बताउनु भएको छ। नेपाल मा लोमाङ्गथान ठाउँ चिनाउन , प्रेस युनियन सफल भएको र गण्डकी प्रदेश लाइ योगदान गरेको समेत बताउनु भएको थियो । नेपाल सरकारले गरेको सगरमाथा संवाद भन्दा ठुलो नेपाल प्रेस युनियन ले गरेको लोमाङ्गथान इन्टरनेसनल मिडिया समिट हुन गएको बताउनु भएको थियो। उहाँले जलवायुपरिवर्तन ले नेपाल लाइ पारेको असर को बारेमा गम्भीरता पुर्वक छलफल र निष्कर्ष निकालेको बताउनु भएको थियो। नेपालको पत्रकारितालाई दिगो राख्न को लागि अहिले आएको निउ मिडिया को थ्रिएट सामना गर्न को लागि हामीले यो अभियान को नेतृत्व गरिरहेको बताउनु भएको थियो। उहाँले रातारात कानुन संसोधन का नाउँ मा पत्रकारहरुले संचालन गरेका प्लेट फर्म हरु CDO कार्यालय मा दर्ता गर्ने निर्णय संघियता विरोधी भएको भन्दै खेद व्यक्त गर्नु भएको थियो ।

