
पोखरा ,असोज १० गते
अनुसार प्रहरी परिचालन
चाडपर्वको समयमा हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उछृङखल गतिविधी नियन्त्रण गर्न, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, चकों ओवाजमा मोटरसाईकल चलाई अशान्ती फैलाउने, जुवा, तास खेल्ने खेलाउने जस्ता गतिविधी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले तयार गरेको “चाडपर्व विशेष सुरक्षा योजना २०८२ अनुसार यस कार्यालय तथा मातहत समेतबाट सवारी साधन चेकजाँच गर्ने, यात्रुहरुलाई सहायता गर्ने, बही भाडा असुल गर्ने सवारी साधनलाई कारवाही गर्ने, सिट क्षमता भन्दा बडी यात्रु चढाउनेलाई कारवाही तथा सहजिकरण गर्ने र सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले दैनिक रुपमा डग सहितको चेकिङ, पैदल गस्ति, ग्रामिण गस्ति पट्रोलिङ, एम्बुसिङ चेकप्वाईन्ट बजार अनुगम र सादा पोशाकमा सेमत प्रहरी परिचालन गरी आम नागरिकहरूमा शान्ति सुरक्षाको प्रत्याभूति मुदत एवं थप मजबुत बनाउनको लागि “चायचं विशेष सुरक्षा योजना २०८२” तयार गरी सोही अनुसार प्रहरी परिचालन गरिएको छ। जस अनुसार कास्की जिल्लामा कुल १२३ जना प्रहरी परिचालन गरिएको छ।
सुचना अधिकारि
प्र. ना. उ. हरि बहादुर बस्नेत
जिल्ला प्रहरी कार्यालय कास्की

