पोखरा ,मङ्सिर ८ गते
पच्चिसौँ आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता एवं च्यारेटी डिनर नाइटको खर्च विबरण सार्वजनिक भएको छ । पच्चिसौँ आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता एवं च्यारेटी डिनर नाइटको खर्च विबरण आज सहारा क्लब पोखरा ले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
​
सहारा क्लब पोखराले २०५८ सालबाट पोखरा रंगशालामा निरन्तर संचालन गर्दै आएको राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कपको २५औं संस्करण अर्थात आहा रारा पोखरा गोल्ड कपों रजत जयन्ती फुटबल प्रतियोगिता संचालनको लागि अखिल नेपाल फुटबल  संघबाट यही २०८२ माघ २७ बाट २०८२ फागुन ९ गते सम्म हुने आयोजक  सहारा क्लब पोखराले सम्मेलन मार्फत जानकारी गरेको हो।
 प्रतियोगिताको मुख्य प्रायोजक आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स वा. लि. संरक्षक  पोखरा महानगर पालिका, विशेष सहयोग राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद परिषद, कास्की जिल्ला खेलकुट विकास समिति, अखिल नेपाल फुटबल संघ, कास्की जिल्ला फुटबल संघ, सह उप प्रायोजक पोखरा महानगर पालिका बड़ा नं ९ रहने बताएको छ।
साथै सहारा क्लब पोखराले संचालन गर्दै आईरहेको सूर्य बहादुर केसी स्मृति सहारा आवशिय फुटबल एकेडेमीको सहयोगार्थ हरेक वर्ष नेपालीहरुको महान चाड तिहारमा देउसी भैलो कार्यक्रम संचालन गर्दै आएको थियो भने यस वर्ष पहिलो पटक मिति २०८२ कार्तिक १४ गते सहारा च्यारिटी डिनर नाईट कार्यक्रम आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गरेको थियो । उक्त सम्पन्न भएको कार्यक्रम ले खर्च विवरण अन्तर्गत रु ६,७७,५५१ र  मुनाफा उठन बाकी समेत गरि आम्दानी  रु १७,४१,६२६  भएको सम्मेलन मार्फत जानकारी गरेको थियो।
उल्लेखित हिसाब बाहेक एस के साउण्डबाट साउण्ड सिस्टम र परिचय एड्भटाईजिङबाट फ्लेक्स पिन्टहरु सौजन्य पाप्त भएको साथै हिमानी सास्कृतिक परिवार को  विशेष सहयोग रहेको जानकारी गरेको थियो । कार्यक्रममा नगद तथा टिकट काटेर सहयोग र सौजन्य प्रदान गर्नु हुने सहारा क्लब पोखराका सबै शुभेच्छुकहरु प्रति सहारा क्लब पोखरा ले  हृदय देखि धन्यवाद प्रकट गरेको थियो।
च्यारेटी डिनर नाईट कार्यक्रममा रु.२५,०००/- भन्दा बढी सहयोग गर्नुहुने सहयोगी दाताहरुको विवरण निम्नानुसार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
– प्रेमकुमारी केसी (कार्यकारी अध्यक्ष, हिमश्री फुड्स प्रा. लि)
१,५१,०००
– प्रकाश केसी (निर्देशक हिमश्री फुड्स प्रा. लि)
१,२५,०००
– सहारा युके १,००,०००
– दिलिप कुमार गुरुङ एम.बि.ई (मानार्थ सदस्य, सहारा क्लब पौखरा)
५१,०००
– टिकाबहादुर कार्की (सल्लाहाकर, सहारा क्लब पोखरा)
५१,०००
– चन्द्रबहादुर गुरुङ (साधरण सदस्य, सहारा क्लब पोखरा)
५१,०००
– विष्णु गुरुङ (सह कोषाध्यक्ष, सहारा क्लब पोखरा)
५०,०००
विनोद गुरुङ (शुभेच्छक, सहारा क्लब पोखरा)
३०,०००
– दिलरास गुरुङ (सल्लाहकार सहारा युके)
२५,०००
– सरिता गुरुङ  (शुभेच्छ्क  सहारा क्लब पोखरा)
२५,०००
– अशोक । पार्वती लालचन (पूर्व सह कोषाध्यक्ष, सहारा क्लब पोखरा)
२५,०००
– मिलन तमु (एम. डि.. गोर्खा मिडिया युके)
२५,०००
– जुमकाजी गुरुङ (अध्यक्ष, तमु धिं युके)
२५,०००
– हरिकुमार श्रेष्ठ (संस्थापक अध्यक्ष, सहारा एफ, सि. युके)
२५,०००
– रामचन्द्र गुरुङ (संस्थापक कोषाध्यक्ष, सहारा क्लब पोखरा)
२५,०००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0