
घान्द्रुक (पोखरा ) पुष ११ गते
घान्द्रुकमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गाउँ घान्द्रुकमा आज पौष ११ गते एक दिने ‘निःशुल्क पशु स्वास्थ्य शिविर’ सम्पन्न भएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) अन्तर्गतको अन्नपूर्ण बहुप्राविधिक शिक्षालय, काहुनडाँडा, कास्कीको आयोजना र अन्नपूर्ण गाउँपालिकाको विशेष सहयोगमा शिविर सम्पन्न भएको छ। “कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार” भन्ने मूल नाराका साथ स्थानीय पशुपालक कृषकहरूलाई लक्षित गर्दै यो कार्यक्रम तय गरिएको हो।
शिविरमा पशुपन्छीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण साथै पशुहरूमा लाग्ने थुनेलो रोगको परीक्षण, गोबर परीक्षण, रेबिज विरुद्धको खोप सेवा र पशु बन्ध्याकरण सेवा रहेको थियो।
अन्नपूर्ण गाउँपालिका कास्कीका श्रद्धेय अध्यक्ष श्री विष्णुबहादुर केसीज्यूले उद्घाटन गर्नुभएको सो कार्यक्रममा नेपाल सरकारका सहसचिव श्री विनोद कुँवरज्यूको विशेष अतिथिता रहेको थियो, अन्नपूर्ण गाउँपालिका पशुसेवा शाखा र अन्नपूर्ण बहुप्राविधिक शिक्षालय अन्नपूर्ण ३ बाट प्राविधिक तथा विज्ञहरू र विद्यार्थीहरूले पशु सम्बन्धी विभिन्न रोगहरूको परीक्षण गर्नुभएको थियो।
यस कार्यक्रमलाई अन्नपूर्ण गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले विशेष सहयोग गरेको छ। त्यस्तै, विभिन्न औषधि उत्पादक तथा वितरक संस्थाहरू जस्तै इन्डियन हर्ब्स स्पेसियालिटिज, भास्कर हर्बास्युटिकल्स, एम.डी.एच. फर्मास्युटिकल्स, कान्तिपुर फर्मास्युटिकल्स ल्याब, क्यूमेड फर्मुलेसन र कान्तिपुर भेट डिस्ट्रिब्युटर्सले पनि शिविरमा प्राविधिक तथा भौतिक सहयोग पुर्याएका छन्।
पशुपालक कृषकहरूलाई आफ्ना पशुपन्छीको स्वास्थ्य परीक्षण गराई यो सुवर्ण अवसरको लाभ उठाउन अन्नपूर्ण बहुप्राविधिक शिक्षालयले अनुरोध गरेको थियो। यस्ता शिविरले ग्रामीण भेगका कृषकहरूलाई पशु स्वास्थ्यप्रति सचेत गराउन र पशुजन्य उत्पादन बढाउन ठूलो मद्दत पुग्ने बिश्वास गरिएको छ।स्रोत : अन्नपूर्ण गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय,कास्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

