पोखरा ,फागुन ,४ गते
मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ जना चालक नियन्त्रणमा
कास्की जिल्ला अन्तर्गत बिभिन्न स्थानहरुमा चल्ने स्कुल बस चालकहरुले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको गुनासो व्यापक आए पश्चात आज मिति २०८२।११।०४ गते अं. ०९:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट ट्राफिक प्रहरी सहित खटिएको प्रहरी चेकिङ टोलीले स्कुलबस चालकहरुलाई मा.प.से. चेकजाँच गर्दा निम्न सवारी साधन चालकहरुले मा.प.से. गरेको पाईएकोले निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रकृया अगाडी बढाईएको ।
१) माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नं. को बस चालक जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१५ बस्ने वर्ष ३३ को आन्नद परियार।
२) कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नं. को बस चालक जिल्ला कास्की पोखरा म.न.पा. ५ प्रस्याङ बस्ने वर्ष ३७को गौतम गुरुङ ।
३) बिन्देश्वरी स्कुल बोर्डिङ स्कुलको ग १ क ६२२१ नं. को बस चालक जिल्ला कास्की पोखरा म.न.पा. १५ बस्ने वर्ष ४४ को भक्त बहादुर गुरुङ ।
४) अंजली बोर्डिङ स्कुलको ग १ क ६४०३ नं. को बस चालक जिल्ला कास्की पोखरा म.न.पा. १६ बस्ने वर्ष ४८ को डम्बर बहादुर गुरुङ ।
५) एस.ओ.एस बोर्डिङ स्कुलको ग १ क ६४३३ नं को बस चालक जिल्ला कास्की पोखरा म.न.पा. १० रामबजार बस्ने वर्ष ४७को पदम बि.क. ।
प्रहरी नायव उपरीक्षक
 (हरी बहादुर बस्नेत)
 सूचना अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0