पोखरा ,जेठ ३ गते
पोखरा महानगरपालिका सल्लाहकार परिषद् बैठक ।
परिषद्का अध्यक्ष आनन्दराज मुल्मीको अध्यक्षतामा बसेको बैठकले महानगरपालिकाका गतिविधिहरू, फिर्के खोला तथा फेवातालको मापदण्ड कार्यान्वयन, पोखरा बसपार्क, पोखरा सभागृह, फोहोर प्रशोधन केन्द्र निर्माण, सार्वजनिक जग्गाको संरक्षण, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुको व्यवस्थापन लगायतका विषयहरूमा छलफल भएको छ ।
बैठकमा नगर प्रमुख धनराज आचार्यले उल्लेखित विषयहरूमा हालसम्म महानगरपालिकाले गरेको काम कारबाहीका सन्दर्भमा जानकारी गराउनु भएको छ ।
बैठकमा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल लगायत सल्लाहकार परिषद्का विज्ञ सदस्यहरूको सहभागिता रहेको थियो ।स्रोत :पाेखरा महानगरपालिका कार्यालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0