राष्ट्रिय मानव अधिकार आयोग पोखरा ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ

“रक्तदान जीवनदान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै राष्ट्रिय मानव अधिकार आयोग को गण्डकी प्रदेश कार्यालय, पोखरा र गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

आयोगको २६ औँ स्थापना दिवस तथा गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा २९ युनिट रगत संकलन गरिएको आयोजकले जनाएको छ।कार्यक्रम को प्रमुख उपस्थितिमा गण्डकी प्रदेश सभा ,प्रदेश सभा सचिवालय को माननीय उप- सभामुख विना कुमारी थापा, अन्य उपस्थितिहरुमा स्वास्थ्य मन्त्रालय पोखरा का सचिव डा. युवानिधि बसौला, डी आइ जी दिपेन्द्र जी. सी ,स प्र व उ टोप व. खनाल ,मुक्तिनाथ बाहिनी ,स प्र उ बसन्त सिंह २४ न. गण र जी प्र का ,  प्र उ नविन कार्की लगाएत विभिन्न सरकारी निकाय, सुरक्षा निकाय तथा पत्रकार महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सरकारी कार्यालयबाट अपेक्षित सहभागिता नपुग्नाले  आयोजक पक्षले असन्तुष्ट व्यक्त गरेको थियो ।

High Light

  • राष्ट्रिय मानव अधिकार आयोग पोखराद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २९ युनिट रगत संकलन
  • गणतन्त्र दिवस र स्थापना दिवसको अवसरमा पोखरामा रक्तदान कार्यक्रम आयोजना
  • “जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार” नारासहित मानव अधिकार आयोगको रक्तदान
  • पोखरामा मानव अधिकार आयोग र स्वास्थ्य मन्त्रालयको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न
  • सरकारी कार्यालयको न्यून उपस्थितिबीच २९ युनिट रगत संकलन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0