
पोखरा ,जेठ १८ गते
खाध प्रविधी तथा गुण नियन्त्रण कार्यलय पोखरा ले विश्व खाद्य स्वच्छता दिवस २०२६ मनाउने भएको छ ।
खाध स्वच्छ्ताको महत्वलाई आमजनमानसमा पुर्याउन विभागले १८ वर्ष अघि वि.स. २०६५ देखि सुरु गरेको खाद्य स्वच्छता दिवसको अभियानलाई समर्थन हुने गरि खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संगठन को प्रस्तावमा सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त रास्ट्र संघको महासभाले हरेक वर्ष जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय भइ सन् २०१९ देखि हरेक वर्ष जुन ७ का दिन विश्वभर विविध कार्यक्रम साथ विश्व खाद्य स्वच्छता दिवस मनाउदै आएको हो । यस वर्ष पनि सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान (From burden to solutions, safe food everywhere)” भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवस २०२६ मनाउने भएको हो ।
WHO का अनुसार अस्वच्छ खाद्य पदार्थको उपभोगका कारण मानिसमा झाडापखाला देखि क्यान्सर सम्मका विभिन्न २०० भन्दा बढी किसिम रोगहरु लाग्ने गरेको छ । यस्तै विश्वमा औसतमा १६००००० मानिसहरु हरेक दिन अस्वच्छ खाद्य पदार्थका कारण बिरामी पर्दछन् र यसले देशको आर्थिक बोझ पनि बढाउदै गएको हो । अस्वच्छ खाद्य पदार्थको सेवन बाट हुने जोखिम तथा समस्याहरुको प्रभावकारी समाधानका लागि सदैव खाद्य स्वच्छता कायम गर्नुपर्छ दृष्टान्त गर्नका लागि यस वर्षको खाध स्वच्छता दिवस ‘From burden to solutions, safe food everywhere” भन्ने नारा सहित मनाउन लागिएको हो । The theme of World Food Safety Day 2026, From burden to solutions -safe food everywhere, highlights how data on illness, its burden and lost lives can guide action towards focused and cost-effective solutions.
यसै सन्दर्भ पारेर खाध प्रविधी तथा गुण नियन्त्रण कार्यलय पोखरा ले ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ नारा सहित विश्व खाद्य स्वच्छता दिवसको अवसरमा २०८३ जेठ १८ देखि २४ सम्म सप्ताहव्यापी रुपमा खाद्य स्वच्छता सम्बन्धि निम्न कार्यक्रमहरु संचालन गरि मनाउन गइरहेको हो ।
२०८२/०२/१८ व्यानर टाँस्ने, प्रेस रिलिज, कार्यालय परिसर तथा प्रयोगशाला सरसफाई
२०८२/०२/१९ गते देखि २३ गते सम्म
अनुगमन निरीक्षण (संवेदनशील खाद्य पदार्थ/बजार/होटल रेस्टुरेन्ट उद्योग लक्षित अनुगमन निरीक्षण)
खाध स्वच्छता, गुणस्तर तथा पोषण सम्बन्धि विद्यालयस्तरीय सचेतना कार्यक्रम
खानेबानीमा सुधार सम्बन्धि सचेतना कार्यक्रम
२०८२/०२/२४ गते खाद्य स्वच्छता दिवस कार्यक्रम
खाद्य स्वच्छताको महत्व बारे आम जानमानसलाई सुसूचित गर्न सम्पूर्ण सरोकारवाला तथा संचार मध्यमको पनि अहम भूमिका हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

