खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि बेकरी उद्योगी व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
भरतपुर.जेठ २१ गते
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुर चितवनको आयोजना र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडाको समन्वयमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि बेकरी उद्योगी व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुर चितवनका कार्यालय प्रमुख प्रमोदचन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष तारा बहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि कार्कीले खाद्य स्वच्छता यसको गुणस्तरले मानव जीवनमा निकै ठूलो प्रभाव राख्ने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, सञ्चार अधिकृत राजु भट्ट लगायत चितवनमा सञ्चालन रहेका बेकरी उद्योग प्रतिष्ठानका करीब ३५ जनाको सहभागिता रहेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडाका खाद्य अनुसन्धान अधिकृत प्रदिप काफ्लेले सञ्चालन गर्नुभएको कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुर चितवनका कार्यालय प्रमुख प्रमोदचन्द्र पोखरेलले चितवनमा सञ्चालन भएका बेकरी उद्योगमा कार्यरत कर्मचारी र उद्यमीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0