
काठमाडौँ महानगरपालिकाको बजेट प्रस्ताव २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ
आ. व. २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाको नगर सभामा २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । यो प्रस्ताव नगर सभाको १९ औँ अधिवेशनको तेस्रो वैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले पेश गर्नुभएको हो।
बजेटको विवरण अनुसार, सञ्चित कोषमा व्ययभार पर्ने २५ अरब १३ करोड ३० लाख ५५ हजार रुपियाँ र बाह्य व्यय भार हुने ७५ करोड रुपैयाँ समावेश गरिनेछ। कुल बजेट २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ रहेको छ।
सञ्चित कोषमा जम्मा हुने रकमका लागि आन्तरिक आय र बैक मौज्दातबाट २० अरब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ। यसमा ४ अरब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ नेपाल सरकार र प्रदेश सरकारबाट सशर्त, समानीकरण, तथा राजस्व वाँडफाँडबाट अनुदानको रूपमा प्राप्त हुने कुरा उल्लेख गरिएको छ। त्यसका साथै, जनसहभागिता वापत १ करोड रुपैयाँको अतिरिक्त स्रोत पनि प्राप्त हुने अनुमान गरिएको छ।स्रोत :काठमाडौँ महानगरपालिका

