
भरतपुर,असार १५ गते
“आजको सही निर्णय, भोलिको सफल करियर लाइ जोड दिन युनाइटेड टेक्निकल कलेजसँग आफ्नो भविष्यको यात्रा सुरु गर्न पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युनाइटेड टेक्निकल कलेज भरतपुर–चितवन ले शैक्षिक सत्र २०८३/८४ का लागि इन्जिनियरिङतर्फका स्नातक (Bachelor of Engineering) कार्यक्रमहरूमा भर्ना खुलाएको घोषणा गरेको हो।
गुणस्तरीय शिक्षा र आधुनिक सुविधासहित कलेजले दक्ष र प्रतिस्पर्धी इन्जिनियर उत्पादनमा निरन्तरता दिँदै आएको यस युनाइटेड टेक्निकल कलेज मा शैक्षिक सत्र २०८३/८४ का लागि B.E. Civil Engineering – ९६ सिट,B.E. Computer Engineering – ४८ सिट,B.E. Information Technology (IT) – ४८ सिट,र B.E. Electrical & Electronics Engineering – मा ४८ सिट को भर्ना कार्यक्रमहरू खुल्ला गरेको हो ।
प्रवेश परीक्षाको मिति भने २०८३ असार २२ गते, समय दिउँसो १:०० बजे तय गरेको छ। यस कलेज मा विगत का बर्ष झैँ आधुनिक प्रयोगशाला र अत्याधुनिक शैक्षिक पूर्वाधार सहित अनुभवी र दक्ष प्राध्यापकद्वारा अध्यापन गराऊँदै १००% सम्म छात्रवृत्तिको अवसर प्रदान गरि पोखरा विश्वविद्यालयको पाठ्यक्रममा आधारित गुणस्तरीय शिक्षा लाइ जोड दिएको छ। त्यस मात्रै नभई उद्योग र रोजगारीमुखी शिक्षण प्रणाली,अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक सिकाइमा पनि जोड दिएको छ। युनाइटेड टेक्निकल कलेजले इन्जिनियरिङ क्षेत्रमा उज्ज्वल भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूलाई प्रवेश परीक्षामा सहभागी भई समयमै भर्ना प्रक्रिया पूरा गर्न आग्रह समेत गरेको छ।उज्ज्वल भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरू ले युनाइटेड टेक्निकल कलेज, भरतपुर–चितवन को सम्पर्क फोन: ०५६-५९३९३१, ९८५५०५०८६० र वेबसाइट: www.unitedtechnicalcollege.edu.np मा सम्पर्क गर्न कलेज ले अनुरोध गरेको छ।

