
पोखरा ,श्रावण १८ गते
गुरुकुल विद्या सदन माध्यमिक विद्यालयमा Continuous Assessment System (CAS) सम्बन्धी एक प्रभावकारी अभिमुखीकरण तथा कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।
यस कार्यशालामा सोमनाथ भण्डारी, शिक्षा अधिकृत, पोखरा महानगरपालिका शिक्षा महाशाखा, तथा नवीन बन्धु बराल, लेखा अधिकृत, पोखरा महानगरपालिका शिक्षा महाशाखाले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा Continuous Assessment System (CAS) को प्रभावकारी कार्यान्वयन, विद्यार्थीको निरन्तर मूल्याङ्कन, सिकाइ उपलब्धिको अभिलेखीकरण तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धन सम्बन्धी महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल गरिएको थियो। यसले शिक्षकहरूलाई विद्यार्थी-केन्द्रित र प्रभावकारी शिक्षण–सिकाइ प्रक्रियालाई अझ सुदृढ बनाउन प्रेरणा प्रदान गरेको छ।स्रोत:Gurukul Bidhya Sadan
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

