
काठमाडौँ, श्रावण १८ गते
बायोग्याँस प्लान्ट (वेष्ट टु इनर्जी, प्लान्ट) सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्र बिच सम्झौता
निर्धारित समयमा परियोजना सञ्चालन र दिगो व्यवस्थापनमा कार्यवाहक प्रमुख डंगोलको जोड
काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका बिच सम्झौता भएको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोलको वैठक कक्षमा उहाँकै रोहवरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सहरमा उत्पादन भएको जैविक फोहर व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सम्झौता गरिएको हो ।
यो प्लान्ट महानगरपालिकाको एकीकृत दिगो फोहर व्यवस्थापन परियोजना अन्तर्गत २०७२ मा निर्माण सुरु गरेर २०७५ सालबाट सञ्चालन थालिएको थियो । यो प्लान्ट सञ्चालन गर्दा दैनिक ३ मेट्रिक टन जैविक फोहरबाट १४ किलोवाट विजुली, ३ सय किलोग्राम जैविक मल, १३ हजार ५ सय लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो । यसका लागि महानगरपालिका र युरोपियन युनियनले १ करोड ८२ लाख रुपियाँ लगानी गरेका थिए ।स्रोत :काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

