
पोखरा साउन १९ गते
पोखरा महानगरपालिका क्षेत्रका स्ट्रिट तथा घर नम्बरलाई डिजिटाइज गर्ने सम्बन्धमा जिआइएस वेस स्ट्रिट एण्ड बिल्डिङ एड्रेसिङ स्स्टिमका विषयमा छलफल भएको छ । पोखराका सडक, गल्ली तथा घरहरूको नम्बरलाई एकीकृत प्रणालीमार्फत डिजिटल रूपमा व्यवस्थापन गर्ने विषयमा छलफल गरिएको हो ।
नगर प्रमुख धनराज आचार्यले पोखराका गल्ली तथा सडकलाई पहुँचका हिसाबले डिजिटल्ली व्यवस्थापन गर्न स्ट्रिट तथा घर नम्बरको डिजिटल प्रणाली आवश्यक रहेको बताउनुभयो । उहाँले महानगर क्षेत्रभित्रका सडक, गल्ली तथा घरहरूको पहिचानलाई व्यवस्थित र एकीकृत बनाउन सके सेवा प्रवाहलाई समेत थप प्रभावकारी बनाउन सकिने धारणा राख्नुभयो । उहाँका अनुसार डिजिटल नम्बरिङ प्रणालीले नागरिक, सेवा प्रदायक तथा आपत्कालीन सेवाका निकायलाई आवश्यक स्थान पहिचान गर्न सहज हुने उहाँको छ ।
महानगरपालिकाले डिजिटल प्रविधिको प्रयोगमार्फत पोखराको भौगोलिक तथा भौतिक संरचनाको विवरणलाई व्यवस्थित गर्ने तयारी गरेको छ । स्ट्रिट तथा घर नम्बरिङ प्रणाली कार्यान्वयन भएपछि घर तथा स्थानको पहिचान, ठेगाना व्यवस्थापन, सेवा प्रवाह, विपद् व्यवस्थापन तथा महानगरपालिकाका विभिन्न तथ्याङ्कलाई एकीकृत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
छलफलमा डिजिटल ठेगाना प्रणालीलाई महानगरपालिकाको विद्यमान सूचना प्रणालीसँग जोड्ने तथा पोखराका सबै क्षेत्रलाई समेट्ने गरी काम अघि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ ।स्रोत :पोखरा महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

