काठमाडौँ ,श्रावण २२ गते
सर्पले टोकेर ज्यान जाने अवस्थालाई न्यून गर्ने सम्बन्धमा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल सम्पन्न। सर्पदंशबाट भइरहेको मानवीय क्षति, मनसुनका बेला घटनाहरु बढ्ने कारण, टोकाइ कम गर्ने उपायहरु, सर्पले टोकेमा तत्काल गर्नुपर्ने कार्यहरु एवं सर्पदंश न्यूनीकरणका उपायहरुबारे छलफल।
सर्पदंशका घटनाहरु कम गर्न जनचेतना बढाउनु पर्ने, स्वास्थ्यकर्मीहरुलाई तालिम, उपचार केन्द्रहरुबारे सर्वसाधारणमा जानकारी पुर्याउनु पर्ने विज्ञहरुको सुझाव।
२०८३ वैशाख १ देखि साउन २१ गतेसम्म ६४ जिल्लामा सर्पले टोकेका ७६८ घटनाबाट ५६ जनाको मृत्यु, ७१९ जना घाइते।
घटना संख्याका आधारमा सबैभन्दा धेरै कञ्चनपुरमा सर्पदंशका घटना।स्रोत :ndrrma
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0