
नेपाल मत्स्य विकास संघको अध्यक्षमा निरन्जन थापा निर्विरोध निर्वाचित
चितवन खैरहनी, श्रावण २४ गते
नेपाल मत्स्य विकास संघको पुनः निरन्जन थापा निर्विरोध चयन गरेको छ। खैरहनीमा गरिएको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा सागर न्यौपाने, महासचिवमा इन्द्रमणि भुसाल र कोषाध्यक्षमा भवानी शंकर यादवलाई निर्विरोध निर्वाचित गरेको छ।
त्यसैगरी प्रादेशिक नेतृत्वतर्फ कोशी प्रदेश अध्यक्षमा लक्ष्मीप्रसाद शिवाकोटी, मधेश प्रदेश अध्यक्षमा विरेन्द्र प्रसाद चौधरी, बागमती प्रदेश अध्यक्षमा रमेश पाण्डे, गण्डकी प्रदेश अध्यक्षमा यादव पौडेल, लुम्बिनी प्रदेश अध्यक्षमा शशिधर भूषाल, सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चौधरी चयन भएका छन्।
संघको केन्द्रीय सदस्यहरूमा दीपक थापा र विवेक पौड्याल, श्याम सुन्दर कुशवाह, ढक बहादुर थापा, कृष्ण गिरी, तिर्थराज घिमिरे, प्रदिप कुमार शाह, अरुण कुमार सिंह, सुवास कुर्मि र कमलेश कुमार शाह निर्वाचित भएका छन्।स्रोत: सौराहा प्रेस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

