
पोखरा ,श्रावण २५ गते
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्कीको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ।
कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन प्राविधिक सहायक सविना सुनुवारले गर्नुभएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की का वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ ले चौथो त्रैमासिक तथा वार्षिक अवधिमा भएका क्रियाकलापहरुको जानकारी दिनु भएको थियो।उहाँले कास्की, बाग्लुङ्ग र तनहुँ बाट हाल सम्म गरिएका अनुगमन र उपलब्धि बारे जानकारी दिनु भएको थियो। उहाँले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा कास्की शाखा मा दरवन्दी संख्या २३ भएको मा ,२ वटा दरबन्दी रिक्त रहको बताउनु भएको थियो।
कार्यक्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक अवधिमा कार्यालयबाट सम्पादन गरिएका गतिविधि, अनुगमन, नमुना संकलन तथा परीक्षण, कानुनी कारबाही, राजस्व संकलन र वित्तीय प्रगतिबारे जानकारी दिनुभएको थियो।
उहाँका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा अन्तर्गत कास्की, बागलुङ र तनहुँ क्षेत्रमा खाद्य तथा दाना उद्योगको अनुज्ञापत्र जारी तथा नवीकरण, सिफारिस, बजार तथा होटल–रेस्टुरेन्ट अनुगमन, खाद्य तथा दाना नमुना संकलन तथा विश्लेषण, खाद्य तथा दाना ऐनअनुसार कारबाही र राजस्व संकलनलगायतका कार्य हुँदै आएका छन्। कार्यालयले हालसम्म ४०५ वटा अनुमतिपत्र जारी, नवीकरण तथा सिफारिस गरिसकेको जानकारी दिनुभएको थियो।
उहाँका अनुसार चौथो त्रैमासिक तथा हालसम्मको अवधिमा कास्कीमा खाद्य बजार अनुगमन ९१ पटक गरी २९७ वटा प्रतिष्ठान, दाना बजार अनुगमन १६ पटक गरी ४३ वटा, होटल तथा रेस्टुरेन्ट अनुगमन ७९ पटक गरी ४३२ वटा र विद्यालय/क्याम्पस तथा अस्पतालका क्यान्टिन अनुगमन ५८ पटक गरी १७७ वटा गरिएको जानकारी दिनुभएको थियो।
त्यस्तै, दाना उद्योग अनुगमन ५ पटक, Rapid Response Modality अन्तर्गत बजार अनुगमन १९ पटक, दूध, तेल तथा पानीलगायत संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन १६६ पटक र उजुरी तथा गुनासो सम्बोधन १६६ पटक गरिएको जानकारी दिनुभएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली तनहुँ बाट खा.नि.अ / संयुक्त रुपमा अनुगमन गर्दा हाट बजार /मेला महोत्सव मा ७ पटक ,उजुरी गुनासो २४ पटक ,संवेदनशील खाध पदार्थ मा १४ पटक ,विधालय / हस्पिटल क्यान्टिन मा १४ पटक ,आहार पुरक खाध्य पदार्थ मा १५ पटक ,होटेल/रेस्टुरेन्ट मा ५८ पटक , मा १४ पटक food saftey emergency response मा चौथो त्रैमासिक तथा हाल सम्म अनुगमन तथा निरीक्षण गरेको अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ ले बताउनु भएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाग्लुङ्ग ले चौथो त्रैमासिक तथा हाल सम्म १०४३ वटा फर्म र ६५ वटा खाध उधोगको अनुगमन गर्दा १५३ वटा फर्म बाट रु १,२७,४१०/- मूल्य बराबरी नष्ट गरेको विजन श्रेष्ठले कार्यक्रम मा बताउनु भएको थियो। त्यस्तै गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की ले चौथो त्रैमासिक मा अन्दाजी रु २,९७,०९०/- र हाल सम्म रु ३,५२,३२८/-मूल्य बराबरी नष्ट गरेको ,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ ले चौथो त्रैमासिक मा अन्दाजी रु १,८१,५१६/- र हाल सम्म रु १०,१०,२९३/- मूल्य बराबरी नष्ट गरेको बताउनु भएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की ले चौथो त्रैमासिक सम्म मा खाध स्वच्छता सर्भिलेन्सका लागि नमुना संकलन गर्दा दुध तथा दुग्ध पदार्थ को संकलित १७ वटा नमुना संकलन मा २ वटा प्रतिकुल नमुना भेटेको छ ,भने हाल सम्म २७ वटा नमुना संकलन मा ३ वटा मा प्रतिकुल नमुना भेटेको छ। तेल तथा घ्युजन्य पदार्थ को संकलित १६ वटा नमुना परिक्षण गर्दा हालसम्म १ वटा प्रतिकुल देखिएको छ, जम्मा जम्मी चौथो त्रैमासिक तथा वार्षिक अवधि भर तथा हाल सम्म ३०१ वटा नमुना परिक्षण गर्दा ११ वटा मात्र प्रतिकुल नमुना देखिएको वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ ले कार्यक्रम बताउनु भएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली तनहुँ ७९ विधालय / हस्पिटल क्यान्टिन ५८ १६६ बारे को जम्मा जम्मी चौथो त्रैमासिक तथा वार्षिक अवधि भर तथा हाल सम्म ११० वटा नमुना परिक्षण गर्दा हाल सम्म ९५ वटा नमुनाको जांच विश्लेषण प्रतिवेदन प्राप्त भएको वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठले बताउनु भएको थियो।
त्यस्तै गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाग्लुङ्ग को जम्मा जम्मी चौथो त्रैमासिक तथा वार्षिक अवधि भर तथा हाल सम्म १०२ वटा नमुना परिक्षण गर्दा ४ वटा प्रतिकुल भेटिएको र ४ वटा प्रतिवेदन आउन बाँकी रहेको उहाँले बताउनु भएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की बाट खाध तथा दाना येन बमोजिम संकलित नमुना अन्तर्गत ११० वटा नमुना संकलन गर्दा चौथो त्रैमासिक तथा हाल सम्म १४ वटा मा प्रतिकुल नमुना भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, तनहुँ बाट खाध तथा दाना येन बमोजिम संकलित नमुना अन्तर्गत १३६ वटा नमुना संकलन गर्दा चौथो त्रैमासिक तथा हाल सम्म १०५ वटा नमुना को जाँच विश्लेषण प्रतिवेदन प्राप्त भएको कार्यक्रम मा अधिकृत श्री विजन श्रेष्ठले बताउनु भएको थियो।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की बाट चौथो त्रैमासिक तथा हाल सम्म मुद्दा दायरि मा परेका हरु मा
१ हिमश्री फुड्स प्रा लि , तयारि चाउचाउ -न्युन्स्तर खाध पदार्थ उत्पादन तथा बिक्रीवितरण
२ भ्याली फुड्स पोखरा ,केटचप -न्युन्स्तर खाध पदार्थ उत्पादन तथा बिक्रीवितरण
३ गृहणी एग्रो प्रोडक्ट पोखरा ,मुसुर दाल र बोडी -न्युन्स्तर खाध पदार्थ उत्पादन तथा बिक्रीवितरण
४ गृहणी यग्रो प्रोडक्ट पोखरा ,बोडी – न्युन्स्तर खाध पदार्थ उत्पादन तथा बिक्रीवितरण
५ हिरा पाउरोटि पर्वत , कुश्मा -पाउरोटि-दुसित खाध पदार्थ उत्पादन
६ पोखरा नुडल्स प्रा लि पोखरा , चाउचाउ -न्युन्स्तर खाध पदार्थ उत्पादन तथा बिक्रीवितरण
७ देउराली टेष्ट एण्ड फ्लावर इ पोखरा -२० भलाम -न्युन्स्तर खाध पदार्थ उत्पादन तथा बिक्रीवितरण
८ एभरेष्ट मसाल उधोग पोखरा १७ बिरौटा-न्युन्स्तर खाध पदार्थ उत्पादन तथा बिक्रीवितरण
९ मामु छोरी खाध उधोग पोखरा १७- अनुमति पत्र नलिइ उधोग संचालन
१० पोखरा नुडल्स प्रा लि पोखरा , चाउचाउ -न्युन्स्तर खाध पदार्थ उत्पादन तथा बिक्रीवितरण
११ देवकोटा एग्रो प्रोडक्स,पोखरा १४ कास्की ,दाल , -न्युन्स्तर खाध पदार्थ उत्पादन तथा बिक्रीवितरण
१२ त्रिपुरा सुन्दरी फुड उधोग ,पोखरा ३, कास्की ,सेन्थेटीक फ्रट ड्रिंक-अनुमति पत्र नलिइ उधोग संचालन भ्रमात्मक दावी तथा पुर्ण लेबल विबरण नभयको
१३ बास्तॊला ट्रेडर्स पोखरा १, कास्की -मसुर दाल -लेबल अपूर्ण र अनुमति पत्र नलिइ खाध्य व्यबसाय संचालन गरेको
१४ पोखरा नुडल्स प्रा लि पोखरा १० कास्की ,खाध पदार्थ को नाम नखुलेको -लेवल अपूर्ण गरि १४ वटा रहेको कार्यक्रम मा बताइएको थियो। त्यस्तै गरेर ६ वटा मुद्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ बाट चौथो त्रैमासिक तथा हाल सम्म ६ वटा मुद्दा विभिन्न कारण बाट खाध तथा दाना येन अनुरुप परेको र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाग्लुङ्ग मा कुनै मुद्दा नपरेको वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठले बताउनु भएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्कीको चौथो त्रैमासिक अवधिको भारित प्रगति ९८.४४%,
चौथो त्रैमासिक अवधिको वित्तिय प्रगति १२४.१%, हालसम्म अवधिको भारित प्रगति ८१.७१%, हालसम्म अवधिको वित्तिय प्रगति ६९.८९% रहेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँको चौथो त्रैमासिक अवधिको भारित प्रगति ९९.९३% ,चौथो त्रैमासिक अवधिको वित्तिय प्रगति १४७.९%, हालसम्म अवधिको भारित प्रगति ९९.९०%, हालसम्म अवधिको वित्तिय प्रगति ९४.४० % रहेको छ। तेस्तै गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाग्लुङ्ग को चौथो त्रैमासिक अवधिको भारित प्रगति ९९.४८ %,चौथो त्रैमासिक अवधिको वित्तिय प्रगति १३०.० %,हालसम्म अवधिको भारित प्रगति ९९.७९ %, हालसम्म अवधिको वित्तिय प्रगति ९५.० % रहेको वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठले बताउनु भएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की को आ. व. २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति मा चौथो त्रैमासिक सम्म मा राजस्व संकलन रु ८,२१,५००/- रहेको छ भने हालसम्म अवधिमा रु २५,४८ ०७६ /-राजस्व संकलन गरेको वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठले बताउनु भएको थियो।
वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ ले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की को मुख्य समस्या तथा चुनौती भनेको आफ्नै जग्गा नभएको ले उपयुक्त भवन निर्माण गर्न नासकिएको र त्येसका लागि विभागमा पत्राचार गरिरहेको अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ ले बताउनु भएको थियो।त्यस्तै गरेर प्रमुख अतिथि समेत रहनु भयका राष्ट्रिय उपभोक्ता मंच कास्की का अध्यक्ष श्री राजेन्द्र लिगल ले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की ले सक्दो रुपमा काम गरिरहेको बताउनु भएको थियो। उहाँले यो खाध्य स्वच्छता कायम गर्न हामि सबैले आ आफ्नो तर्फ़ बाट प्रयास गरिरहनु पर्ने बताउनु भएको थियो।

