पोखरा माघ १५ गते
वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश पोखरा का , माननीय मन्त्री भेष बहादुर पौडेल ज्यू को १०० दिन को मुख्य मुख्य कार्यक्रमहरु आज पत्रकार सम्मेलन गरि सार्बजनिक गरियो।माननीय मन्त्री भेष बहादुर पौडेल ज्यु ले २०८१ कार्तिक ५ गते पदभार ग्रहण गर्नु भएको थियो। आ.व २०८०/८१ बाट हालसम्म बन्यजन्तुले पुर्याएको मानविय लगाएत अन्य क्षतिको राहत रकम एक करोड १० लाख निर्देशिका २०८० वमोजिम राहत वितरण गरिएको पत्रकार सम्मेलन मा जानकारी गराउनु भएको थियो। सर्वसाधारण जनताको घरकाज, जनसहभागिताद्वारा सञ्चालन गरिने सानातिना विकास निर्माण कार्य दैवी प्रकोप र कृषि औजारका लागि आवश्यक पर्ने काठ दाउरा जिल्ला वन पैदावार आपूर्ति समिति मार्फत् उपलब्ध गराउने कार्यलाई व्यवस्थित, पारदर्शी, सरल एवं छिटोछ‌रितो तुल्याउने नवलपुर जिल्लाको काठ दाउरा आपूर्ति समितिको आ व २०८१/८२ जो वार्षिक कार्ययोजना स्वीकृत गर्नु भयको पत्रकार सम्मेलन मा जानकारी गराउनु भएको थियो। डिभिजन वन कार्यालय स्याङजाको वन क्षेत्रको आवधिक योजना सहितको रणनीतिक योजना लागि प्रारम्भिक वातावरणीय परीक्षणको (TOR) स्वीकृत भएको,,विगतमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ अनुसार तयार भएका सामुदायिक वन र साझेदारी वनहरुका बन कार्ययोजना बमोजिम काम गरीरहेका बनहरु उक्त कार्यविधि खारेज भएवाट वन पैदावार संकलन गर्न नपाउदा उपभोक्ताको माग सम्बोधन गर्न कठिन हुनुका साथै बन क्षेत्रवाट प्राप्त हुने राजश्व संकलनमा समेत प्रतिकुल असर पर्ने हुँदा प्रचलित कानुन वमोजिम गर्ने गरी ढलापडा रुख संकलन गर्न नीतिगन निर्णय भएको,मानव गण्डकी प्रदेश बन नियमावली, २०८१ को अनुसूची २ मा डिभिजन बन कार्यालयको अबधिका योजनामा समाबेश हुनुपर्ने विषयमा भएका व्यवस्था छुट भएका विषयहरु मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाईएको ।बन्यजन्तु बिचको द्वन्द न्यूनीकरणको साथै सह अस्तीत्व कायम गर्ने र टुहुरा, असहाय घाईते तथा समस्याग्रस्ता बन्धजन्तुको उपधार, संरक्षण, पुनस्थापना र व्यवस्थापन गर्ने बन्यजन्तु उद्धार तथा व्यवस्थापन केन्द्र संचालन कार्यविधि २०८१ को अन्तिम मस्यौदा तयार गरी सहमतिका लागि आर्थिक मामिला मन्त्रालयमा पठाईएको ,गण्डकी प्रदेश बन नियमावली, २०८१ को अनुसूची २ मा डिभिजन बन कार्यालयको अबधिका योजनामा समाबेश हुनुपर्ने विषयमा भएका व्यवस्था छुट भएका विषयहरु मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाईएको ,प्रदेशमा रहेका सरकारद्वारा व्यवस्थित समुदायमा आधारित बनमा उपयुक्त वन संवर्धन प्रणाली अपनाइ वन, बन्यजन्तु जलाधार तथा जैविक विविधताको एकीकृत सरक्षण संवर्धन व्यवस्थापन गर्दै वन पैदावारको सनत् उपयोग गर्न बाझ्छनीय भएकाले बन संवर्धन प्रणालीमा आधारित दिगो बन व्यवस्थापन निर्देशिका २०८१ मस्यौदा तयारी गरेको ,प्रदेशस्तरमा जलवायु परिवर्तनबाट हुने प्रभाव असरलाई न्यून गर्न बन अनुकुलित तुल्याउन प्रादेशिक जलवायु परिवर्तन रणनीति तथा कार्ययोजनाको मस्यौदा तयार गरेको ,गण्डकी प्रदेशकी राष्ट्रिय तथा निजी वनवाट चालु आ.व.मा ३.४७.५६६ क्यू फिट काठ र ३४७८१ चट्टा दाउरा उत्पादन मा जोड ,विभिन्न सामुदायिक वनबाट ५७,०९१ क्यू, फिट काठ र ४९ घट्टा दाउरा विक्रिवितरण भएको,बन पैदावारको विक्री, जडीबुटी संकलन र अन्य आम्दानीघाट रु. ६,९९.९१.४७९ राजस्व संकलन भएको। (गत आप मा पुष मसान्त सम्ममा राजन संकलन रु १.७५,५०,०५०,सामुदायिक वन उपभोक्ता समुहले वन पैदावार विक्रीवाट रु. ५,१६,८४,०३२ आम्दानी प्राप्त गरेको,वन पैदावार संकलन, कार्यक्रम कार्यान्वयन तथा भू संरक्षण कार्य मार्फत हालसम्म ३८ हजार श्रमदिन भन्दा बढी रोजगारी सिर्जना भएको , अपराध कार्यबाट बरामद भएको ८४७.५९ क्यू किट काठ लिलामी गरिएको,वन संरक्षण, विकास, व्यवस्थापन र सदुपयोगको लागि ६९ षटा सामुदायिक बनको कार्ययोजना नवीकरण भएको ,वन व्यवस्थापन स्थलगत अभ्यास १६ वटा भएको ,सामुदायिक बन उपभोक्ता समूह संस्थागत सुदृढिकरण तथा लेखा व्यवस्थापन कोचिङ्ग तथा ग्रामता अभिवृद्धि कार्यक्रम १५ वटा गरेको ,वन्यजन्तु संरक्षण कार्य तर्फ १२४ जिवित, २५ मृत गरी जम्मा १४९ वन्यजन्तु उद्दार गरिएको ,डिभिजन बन कार्यालय र भू तथा जलाधार व्यवस्थापन कार्यालयहरुवाट २,१०,००० विरुवा उत्पादन भइरहेको ,जलाधार संरक्षण र व्यवस्थापन तर्फ ५ वटा सिमसार क्षेत्र व्यवस्थापन, २८ वटा गल्छी पहिरोको उपचार, ९ स्थानमा ३ कि.मि. खोला किनार) संरक्षण, २ वटा पानी मुहान संरक्षण, ३ वटा सिंचाई कुलो निर्माण तथा मर्मत भई ७ हेक्टर खेती योग्य जमिन संरक्षण ८ हेक्टर क्षतिग्रस्त भुमि पुनर्स्थापना तथा हरियाली प्रवर्द्धन भई सोबाट १० हजार भन्दा पढी धरधुरीहरु लाभान्वित भएका ,०.०२ हेक्टर बन अवको अतिक्रमण हटाइएको ,समस्याग्रस्त घाइते र टुहुरा वन्यजन्तुको उद्धार र व्यवस्थापन गर्न पोखरा महानगरपालिकाको पचभैयाना प्रदेशस्तरीय प्राणी उद्यान तथा उद्धार केन्द्र निर्माणको काम भइरहेको,वन अनुसन्धान तथा प्रतिदक्षण केन्द्रकट २ षटा तालिम सम्पन्न भएको, २ वटा अध्ययन अनुसन्धानको Inception presentation समपन्न (कालिगण्डकी जलाधार क्षेत्रलाई कृषि र पर्यापर्यटन केन्द्रको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन र सेती मादी जलाधार क्षेत्रलाई औद्योगिक करीडोरको रुपमा विकासका लागि सम्भाव्यता अध्ययन गरिएको ,सामुदायिक वन उपभोक्ता समुहका महिलाहरुको सिप अभिवृदि का लागि ५ दिने मौरीधार निर्माण तालिम सम्पन्न गरिएको,राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको मातावरणीय परीक्षणको लागि रापसुझाव, जागा सट्टाभनां, वृक्षारोपणको लागत अनुमान तपारी रुख कटान ईजाजत आदि काम गरिएको र समष्टीगत प्रगतिः अन्तर्गत वित्तिय प्रगति २७.३६ %र भौतिक प्रगति ४०% भएको माननीय मन्त्री भेष बहादुर पौडेल ले आज पत्रकार कार्यक्रम मा जानकारी गराउनु भएको थियो।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0