पोखरा ,चैत्र १५ गते
यस वर्षको एसईई परीक्षामा मधेश प्रदेशका १,३१६ वटा विद्यालयका जम्मा ८७,५९१ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् ।
प्रदेशका ८ जिल्लामध्ये सप्तरीका १६२ वटा विद्यालयका ९,२७६ जना, सिराहाका १९७ विद्यालयका ११,०३८ जना, धनुषाका २०३ विद्यालयका १३,२६२ जना, महोत्तरीका १६० वटा विद्यालयका ११,३५१ जना, सर्लाहीका १६४ वटा विद्यालयका ११,३७१ जना, रौतहटका १२२ वटा विद्यालयका जम्मा ९,७७७ जना, बाराका १५५ विद्यालयका १०,८१३ जना र पर्साको १५३ वटा विद्यालयका १०,७०३ जना विद्यार्थी यो वर्ष एसईईमा सहभागी हुँदैछन् ।स्रोत :शिक्षा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0