
पोखरा ,चैत्र १९ गते
होटल संघ पोखरा नेपालले यही चैत २९ गते देखि आगामी वैशाख १ गते सम्म पोखरामा आयोजना गर्न लागको २१ फेवा नव वर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखराको खहरेचोकदेखि सहिदचोक बिचको सडकमा महोत्सव संचालन हुनेछ । पर्यटन, संस्कृति र खानालाई महत्व दिएर आयोजना गरिएको महोत्सवको अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट दिई सेवा प्रदान गर्ने छन् । इ-सेवाबाट होटल बुक गर्दा १० प्रतिशत सम्म क्यासब्याक हुने अफर पनि इ-सेवाले अगाडि सारेको छ । प्रदेश स्तरीय सास्कृतिक कार्यक्रम, खानाको प्रदर्शनी, परम्परागत पञ्चेबाजा प्रतियोगिता र पर्यटक दौड प्रतियोगिता महोत्सवका प्रमुख आकर्षण हुन् । सांस्कृतिक, मनोरञ्जनात्मक, लोकदोहोरी र पप कन्सर्टका कार्यक्रम पनि हुने छन् । महोत्सवका अवसरमा स्थानीय खहरेबाट निकालिने झाँकी अम्बोटमा पुगेपछि औपचारिक उद्घाटन समारोह सुरु हुने छ ।
महोत्सवलाई सफतापुर्वक सम्पन्न गर्न २० वटा विभिन्न उपसमिति गठन गरिएको छ । होटल संघ पोखराले केही दिन अघि पूर्वी नेपालका विभिन्न शहरमा पुगी नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशसंग को सहकार्यधा जाउँ है पोखरा अभियान अन्तर्गत फेवा नव वर्ष महोत्सवको निमन्त्रणा बाँडिसकेको आयोजक ले पत्रकार सम्मेलन मा जानकारी गरेको छ। साथै लुम्बिनी प्रदेशका संचारकर्मी मार्फत् पश्चिमका बासिन्दालाई पनि महोत्सवका सहभागिताका लागि आमन्त्रण गरेकाको आयोजक ले पत्रकार सम्मेलन मा जानकारी गरेको छ। यही चैत २८ गते पोखरामा हुने रात्री दौडको आयोजक पोखरा क्लिक र पोखरा प्रबर्द्धन केन्द्रसँग सहकार्य गर्दै संघले महोत्सव प्रचारको कार्यक्रम पनि अगाडि बढाएको छ ।
पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइसकेको र पोखरा सम्म जोड्ने पृथ्वीराजमार्गको स्तरोन्नती पनि करिव सकिएकाले पोखरा आउने पाहुनालाई अहिले थप सहजता थपिने हामीले अपेक्षा आयोजक ले गरेको छ । मध्यपूर्वमा जारी तनाव पनि छिटै अन्त्य भइ पर्यटनमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएका आयोजक ले गरेको छ । फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा बुअरी प्रा.ली, सह प्रायोजक म्याक्स टाइगर र एक्स्ट्रम इनर्जी ड्रिंक प्रायोजकहरुमा अन्नपूर्ण केवलकार लि., इ-सेवा, युनाइटेड वाइनरी प्रा.लि. रहेका छन् । इन्स्योरेन्स पार्टनरमा सलिको इन्स्योरेन्स रहेको छ । महोत्सव प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश रहेको छ ।

