
पोखरा,चैत्र २४ गते
लुम्बिनी प्रदेशका थप ६ जिल्लामा देखियो ‘पाटे बाघ’
लुम्बिनी प्रदेशका थप ६ जिल्लामा पाटे बाघ देखिएको छ, जसले वनजंगलको स्वास्थ्य र पारिस्थितिकीय प्रणालीको सूचकका रूपमा संरक्षणकर्मीलाई उत्साहित बनाएको छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राणीशास्त्र केन्द्रीय विभागद्वारा प्रदेशमा वन्यजन्तु, उभयचर र सरिसृपको अवस्था पत्ता लगाउने उद्देश्यले अध्ययन भइरहेको छ ।
क्यामेरा ट्रयाप अध्ययनअनुसार कपिलवस्तु, दाङ, पाल्पा, अर्घाखाँची, रूपन्देही र पश्चिम नवलपरासीमा कम्तीमा १४ वटा फरक वयस्क बाघ अभिलेख भएका छन्।
गैरसंरक्षित क्षेत्रमा समेत बाघ भेटिनुले बाघको संख्या बढ्ने देखिएको छ भने यसले वन्यजन्तु संरक्षण, मानव–बाघ द्वन्द्व न्यूनीकरण र पर्यापर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विज्ञहरूले बताएका छन्।
तीन महिनायतादेखि भइरहेको अध्ययनअनुसार लुम्बिनी प्रदेशका रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा पाटे बाघको अभिलेख गरिएको छ । दाङ, पाल्पा र अर्घाखाँचीमा पनि बाघ देखिएका छन् । प्रदेशका १२ मध्ये निकुञ्ज र संरक्षित क्षेत्र मानिएका बाँके र बर्दियाबाहेक ६ जिल्लामा गरिएको क्यामेरा ट्रयापमा बाघ अभिलेखमा परेका हुन् । अहिले थप दुई जिल्लामा अध्ययन भइरहेको छ । बाँकी दुई जिल्लामा तीन सातापछि अध्ययन थाल्ने तयारी छ ।स्रोत: WildNepal
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

