उद्योग वाणिज्य संघ (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को नयाँ नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा छविलाल कँडेल

गैंडाकोट,श्रावण ११ गते

जिल्ला उद्योग वाणिज्य संघ (नवलपरासी बर्दघाट सुस्ता पूर्व) गैंडाकोटको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि छविलाल कँडेललाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो ।

जिल्ला उद्योग वाणिज्य संघ (नवलपरासी बर्दघाट सुस्ता पूर्व) गैंडाकोटको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि छविलाल कँडेललाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिअनुसार वरिष्ठ उपाध्यक्षमा तेजनारायण पाण्डे, प्रथम उपाध्यक्षमा नवराज कँडेल, द्वितीय उपाध्यक्षमा सुरेन्द्र तिवारी तथा तृतीय उपाध्यक्षमा राजेन्द्र गौतम चयन भएका छन् ।

यस्तै, उद्योगतर्फको उपाध्यक्षमा दीपकप्रसाद भट्टराई र वाणिज्यतर्फको उपाध्यक्षमा सालिकराम सापकोटा चयन भएका हुन् । महासचिवमा माधवप्रसाद सापकोटा, सचिवमा परमेश आचार्य, कोषाध्यक्षमा किशोरकुमार लम्साल तथा सह–कोषाध्यक्ष (महिला) मा सिर्जना पौडेल चयन भएका छन् ।

वाणिज्यतर्फका सदस्यमा अमृत श्रेष्ठ, कृष्ण कँडेल, घनश्याम पराजुली, जयलाल पराजुली, तीर्थराज थनेत र रुद्र सापकोटा चयन भएका छन् । उद्योगतर्फका सदस्यमा कमल शर्मा, देशबन्धु सिग्देल, राकेश कुमार हरलाल्का र बुद्धिबहादुर बिक चयन भएका छन् ।

यसैगरी, वस्तुगत सदस्यतर्फ गुरुप्रसाद नेपाल र देवीप्रसाद पौडेल, एसोसिएट÷कर्पोरेट सदस्यतर्फ मेघराज कँडेल र सूर्यप्रसाद घिमिरे, महिला उद्यमी–व्यवसायी सदस्यतर्फ मिना दाहाल तथा बजार समिति सदस्यमा शेषकान्त कोइराला चयन भएको निर्वाचन समिति संयोजक जनकराज ढुंगानाले जानकारी दिए ।

त्यसैगरी, संघको लेखा समिति संयोजकमा चिन्तामणि कँडेल चयन भएका छन् । लेखा समितिका सदस्यमा अर्जुनबहादुर थापा, जीवनकुमार रेग्मी, मोहनराज पौडेल र नारायणप्रसाद अधिकारी चयन भएको निर्वाचन समितिले जनाएको छ ।

नवनिर्वाचित कार्यसमितिले जिल्लाको उद्योग, व्यापार तथा व्यवसाय प्रवद्र्धन, निजी क्षेत्रको हकहित संरक्षण तथा उद्यमशीलता विकासका लागि सक्रिय रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0