
पोखरा , श्रावण १६ गते
नदीहरुको हालको अवस्था (Present River Status):
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।
स-साना नदीमा बाढी पूर्वानुमान:
आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, धनकुटा, इलाम, सुनसरी, झापा, मोरङ, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, धादिंङ, गोरखा, लमजुङ, तनहुँ, पाल्पा, स्याङ्जा, कास्की, मनांङ, मुस्तांङ, गुल्मी, पर्वत, बाग्लुंङ, चितवन, नवलपरासी पूर्व, सुर्खेत, दैलेख, मुगु, जाजरकोट, डोटी, डडेल्धुरा, अछाम ,कैलाली ,कंचनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिमको सम्भावना छ।स्रोत :नेपाल बाढी सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

