पोखरा ,श्रावण २१ गते

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, पोखरा, कास्कीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ।

कार्यालय प्रमुख डा. गृष्म नेउपानेले गोष्ठीमा प्रस्तुत गर्नुभएको वार्षिक प्रगति विवरणअनुसार कास्की जिल्लामा ५२ हजार ३२३ परिवार पशुपालन व्यवसायमा संलग्न रहेका छन्। जिल्लामा मुख्य रूपमा दुग्ध उत्पादन (गाई र भैंसी), मासु उत्पादन (बाख्रा, कुखुरा, बङ्गुर र माछा) तथा अण्डा उत्पादन (कुखुरा) प्रमुख पशुपालन क्षेत्रका रूपमा रहेका छन्। कार्यालयका अनुसार जिल्लामा ६२ जना कृत्रिम गर्भाधानकर्ता कार्यरत रहेकामा ६१ जना पुरुष र १ जना महिला रहेका छन्। आर्थिक वर्ष २०८२/८३ मा कास्कीका ३२ हजार ४८६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ ।

१७ हजार ९४१ गाई, १४ हजार ३७६ भैँसी , १२२ वटा बाख्रामा र ४७ वटा बंगुर मा कृत्रिम गर्भाधान गराइएको छ । पशु स्वास्थ्य सेवातर्फ खोरेत (FMD) रोगविरुद्ध गाई–भैंसीमा ८० हजार ६२६ डोज तथा लम्पी स्किन रोगविरुद्ध ३२ हजार ३२७ डोज खोप लगाइएको छ। त्यसैगरी भेडा–बाख्रामा पिपिआर (PPR) विरुद्ध ८७ हजार ४७२ डोज, बङ्गुरमा क्लासिकल स्वाइन फिभर विरुद्ध २ हजार ५३ डोज, तथा कुकुर र बिरालोमा रेबिज विरुद्ध ८ हजार ४२९ डोज र डीएचपीपीएल (DHPP/L) विरुद्ध १ हजार ४०० डोज खोप प्रदान गरिएको कार्यालयले जनाएको छ। गोष्ठीमा प्रस्तुत उपलब्धिहरूले कास्की जिल्लामा पशु स्वास्थ्य संरक्षण, रोग नियन्त्रण, उत्पादन वृद्धि तथा व्यवसायिक पशुपालन प्रवर्द्धनमा कार्यालयले प्रभावकारी भूमिका निर्वाह गरेको उल्लेख गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0