काठमाडौँ ,श्रावण ३० गते
काठमाडौँमा बाँदर र मानव बिचको द्वन्द्व बढ्यो : मानवीय र दिगो व्यवस्थापनको काम गरिने कार्यवाहक प्रमुखको भनाइ
स्वयम्भू क्षेत्रका स्थानीयको मर्का, ‘हामी बाँदरसँग जुध्न सक्दैनौँ, व्यवस्थापन गरिदिनोस्’
बाँदरसँग आफूहरु जुध्न नसक्ने बताउँदै स्वयम्भू क्षेत्रका स्थानीयबासीले बाँदर व्यवस्थापन गरिदिन काठमाडौँ महानगरपालिकासँग अनुरोध गर्नुभएको छ । आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको कार्यकक्षमा भएको वैठकमा उहाँहरुले बाँदरसँग सम्बन्धित मर्का सुनाउँदै भन्नुभयो, ‘छिनछिनमा आतंक मच्चाउँछन् । हुलका हुल, बथानका बथान घरभित्र छिर्छन् । एक पटक घरमा पस्यो भने ५ हजार रुपियाँदेखि १० हजार रुपियाँसम्मको क्षति गर्छन् । घरबाट फलफुलको बास्ना आयो भने त झन उग्र हुन्छन् । र, जसरी पनि घरभित्र छिर्न खोज्छन् ।’ बाँदर र मानव बिचको द्वन्द्व सुनाउँदै उहाँहरुले भन्नुभयो, ‘अरु मानिसहरु चिडियाखानामा गएर तारबारभित्रका जंगली जनावर हेर्छन् । हामी स्वयम्भूबासी चाहिँ घरमा तारबार गरेर भित्र छौँ । हामीलाई बाँदरले बाहिरबाट घरमा भए नभएको हेर्छन् । हामी बाँदर विरोधी होइनौँ । ती बाँदर नास्नु पर्छ भन्ने होइन । तर, उनीहरुको आतंकमा बस्न सक्ने अवस्थामा रहेनौँ । यसकारण व्यवस्थापन नगरी हुँदैन ।’
उहाँहरुको कुरा सुनिसकेपछि कार्यवाहक प्रमुख डंगोलले, बाँदरहरुको मानवीय व्यवस्थापनमा तत्काल गर्न सकिने कामका लागि पीडामा रहेका स्थानीय, वन्यजन्तु विज्ञ र सरोकारवालाका बिचमा छलफल गरेर दिगो समाधान खोजौँ । अहिलेका लागि तत्काल गर्न सकिने व्यवस्थापनको नमूना कार्यक्रम थालनी गरौँ ।’ उहाँले भन्नुभयो, ‘अध्ययन गरेर कार्ययोजनाका साथ द्वन्द्व व्यवस्थापनको काम गरौँ । यसले दिगोपना प्रदान गर्नेछ ।’स्रोत :काठमाडौँ महानगरपालिकाका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0