चितवन, माघ १० गते 
१५ औं संस्करणको चितवन महोत्सव २०८१ सकिएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुती’ मुल नारा दिएर पुष २५ बाट सुरु भएको महोत्वको आज  साँझ समापन गरिएको हो ।

संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको महोत्सव बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा र बन तथा बातावरण मन्त्री कृष्ण सिलवालको उपस्थितिमा आज साँझ समापन गरिएको हो ।

महोत्सव मुल समिति संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले महोत्सवको समापन गर्दै महोत्सव ऐतिहासिकरुपमा सफल भएको बताए ।

महोत्सव अवधिभर ५ लाख जनाले सहभागिता जनाएको र ३० करोड बराबरको कारोबार भएको अध्यक्ष श्रेष्ठले जानकारी गराए । लक्ष्य अनुसार कै सहभागिता र कारोबार भएको भन्दै अध्यक्ष श्रेष्ठले समापन समारोहमा खुसी व्यक्त गर्दै महोत्सव सफल पार्न सहयोग पुर्याउने सम्पूर्णलाई धन्यावद ज्ञापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0