
पोखरा ,माघ २३ गते
“स्वास्थ्यकर्मी को लागि सुरक्षित कार्यस्थल संघर्ष समिति” द्वारा आयोजित चिकित्सकहरु माथिको चरम श्रमशोषण र आत्मसम्मान माथिको प्रहार विरुद्द ,विभिन्न मागहरु लिएर पोखरामा एकसातादेखि प्राइभेट आवाशीय चिकित्सकहरुको आन्दोलन जारि रहेको छ। मणिपाल तथा जे.एमसी अस्पतालका चिकित्सकहरुले आज विहान ११ बजेदेखि सडकमा विरोध प्रदर्शन गर्दै ,हाम्रो माग सम्बोधन हुनुपर्यो भनेर सडकमा ¥याली समेत गरेका थिए। नेपाल सरकारको निर्णय अनुसार आठौँ तह सरहको सेवा सुविधा ,निर्वाहा भत्ता दिने ठाउँमा रु १७,३००/-( रुपैयाँ सत्र हजार तिन सय ) मा काम गर्नु पर्ने बाध्यता प्राइभेट आवाशीय चिकित्सकहरु को भनाइ छ। प्राइभेट आवाशीय चिकित्सकहरु लाइ पशु सरह व्यबहार गर्दै न्युनतम निर्वाह भत्ता नदिएको ,चरम शोषण र यातना दिएर काम गरिरहनु परेको ,सार्वजानिक विदाको दिन ,शहिद दिवशको दिन ,शनिवारको दिन ,सट्टा विदा ,घर विदा ,कुनै पनि विदा नदिएको आवाशीय चिकित्सकहरु ले बताएका छन्। सरकारले दिने भनेको सुविधा यो प्राइभेट कलेज हरुले नदिएको आन्दोलनरत आवाशीय चिकित्सकहरुको भनाइ छ। सम्बन्धन प्राप्त युनिभर्सिटी का अनुसार ३ बर्षको अवधिमा चिकित्सकहरुले ४५ दिन छुट्टी पाउनु पर्ने मा कलेज प्रशासन ले आफ्नो मानो मानि तवर विदै नदिई उल्टो एक बर्षमा पाउने विदा १४ दिन काटिन थालेको पिडित आवाशीय चिकित्सकहरु को भनाइ छ। ड्युटी को समय मा पनि अवैज्ञानिक र अमानविय व्यबहार चिकित्साहरुलाई संस्थाले गर्दै जाँदा बिरामीहरुलाई दिने सेवा सुविधामा असर परेको डाक्टरहरु भनाइ छ। ILO को अनुसार हप्तामा ४८ घण्टा ड्युटी गर्नु पर्ने भन्ने मा पिडित आवाशीय चिकित्सकहरुलाइ हप्तामा १२० देखि १४० घण्टा काम गर्नुपर्ने बाध्यता रहेको आवाशीय चिकित्सकहरुको भनाइ छ।गत बर्ष ३ अर्बको फाइदा देखाउने प्राइभेट कलेज ले रु ४८ हजार डाक्टरहरुलाइ दिन नखोज्नु यो जस्तो लजास्पद के नै छ र ? भनि आन्दोलनरत आवाशीय चिकित्सकहरुको भनाइ छ। काठमाडौँ का केहि निजि कलेजहरुका संचालकहरुले आन्दोलन मा हिड्ने आवाशीय चिकित्सकहरुको हाँजिरी रजिस्टार मा अनुपस्थिति जनाइदिने र विदा काट्ने गरेको पनि उहाँहरुको गुनासो रहेको छ। माफिया बाट चलेका प्राइभेट कलेजहरुको डर ,धम्कि र त्रास को कारण आन्दोलन मा सहभागी हुन् खोज्ने साथीहरु बन्दित भएर काम गर्नु परेको गुनासो गरेका छन्। डाक्टरहरु भनेका भगवान हुन् , भगवान संधै आम नागरिक को सेवा मा समर्पित भएर काम गर्न खोज्दछ ,त्येसैले सेवा गर्ने वाताबरण पनि मेडिकल कलेज ले बनाइदियोस , प्राइभेट आवाशीय चिकित्सकहरुको माग सम्बोधन गरोस ,हामि संधै सेवा दिने प्रयत्न गर्ने नै छौं भनि आन्दोलन को दौडान मा आवाशीय चिकित्सकहरु भनाइ रहेको छ।

