पोखरा ,माघ २६ गते

अन्दाजी मूल्य रु.५,००,००,०००।- (पाँच करोड) पर्ने बहुमुल्य ढुङ्गा दिन्छु भनी
विभिन्न प्रलोभन देखाई पटक-पटक गरी रु.१३,५०,०००।- (तेह्र लाख पचास हजार) ठगी
गरेको भन्ने कुन्ती सुब्बा गुरुङको जाहेरीको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा,
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी
टोलीले अनुसन्धान तथा घटनामा संलग्न मानिसहरुको खोजतलास गर्दै जाँदा मिति
२०८१।१०।२४ गते अ.१६:३० बजेको समयमा जिल्ला पर्वत फलेवास नगरपालिका वडा
नं.५ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१७ छोरेपाटन बस्ने वर्ष
३१ की ईन्दिरा बि.क., ऐ.ऐ. बस्ने वर्ष ३६ को राजन बि.क. र जिल्ला खोटाङ हलेसी
नगरपालिका वडा नं.१ बस्ने वर्ष २७ की जुनु भन्ने लक्ष्मी राईलाई पोखरा म.न.पा. वडा नं
६ लेकसाइडबाट पक्राउ गरी निजहरुको घर कोठा समेत रितपुर्बक खानतलासी लिँदा
ईन्दिरा बि.क. र राजन बि.क.को कोठाबाट सेतो रंगको पारदर्शी ढुङ्गा ६ थान र रातो
रङको ढुङ्गा १ थान गरी जम्मा ७ थान, बिभिन्न बैकका रु.३१,००,०००।– (एकतिस
लाख) बराबरका ४ थान चेक र मोवाईल थान ४ समेत फेलापारी घटनामा संलग्न ३
जनालाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा
दिन ७ (सात) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0