मिति २०८१।११।१० गते अं.१२:१० बजेको समयमा जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं.३२ मजुवा स्थित पृथ्वी राजमार्ग सडक खण्डमा इलाका प्रहरी
कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा
पोखरातर्फ आउदै गरेको बसमा सवार जिल्ला सप्तरी स्थायी वतन भई हाल जिल्ला कास्की
पोखरा महानगरपालिका वडा नं.०२ बग्लुङ बसपार्क बस्ने वर्ष २५ को दिपेश चौधरीले
बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको ४ (चार) के.जी. लागू औषध गाँजा सहित फेला
पारी निजलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध
सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0