
पोखरा ,बैसाख ७ गते
मिति २०८२।०१।०६ गते विहान ०८:०० बजेदेखी जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ पार्दी स्थित लोक सेवा आयोग, पोखरा कार्यालयको परीक्षा भवनमा संचालन भएको नेपाल प्रहरीको विज्ञापन नं. ०३/०८१-०८२ प्रहरी जवान
(जनपद) पदको लिखित परिक्षामा दर्ता नं. ३३५९२ का परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्को व्यक्तिले परीक्षा दिएको देखिएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिई गएको प्रहरी टोलिले जिल्ला धनकुटा पाख्रीबास नगरपालिका वडा नं. ५ बस्ने वर्ष १९ की ज्ञानुता विश्वकर्मालाई अरुको नाममा परिक्षा दिँदै गरेको अवस्थामा पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसूरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
जिल्ला प्रहरी कार्यालय, कास्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

