
काठमाडौँ ,बैसाख ११ गते
काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित देहाय बमोजिमका संस्थागत विद्यालयहरूले व्यहोरा (नाम, स्थान र स्वामित्व) परिवर्तन गरी पाउँ भनी कम्पनी रजिष्टारको कार्यालयबाट नाम, स्थान र स्वामित्व परिवर्तन गरेको पत्र समेत लिई यस विभागमा निवेदन दर्ता गराउनु भएकोले तपसिलका शैक्षिक संस्थाको नाम, स्थान र स्वामित्व परिवर्तन सम्बन्धमा कुनै व्यक्ति वा सङ्घ संस्थाको कुनै किसिमको दाबी विरोध भएमा यसै सूचनालाई आधार मानी आवश्यक प्रमाण सहित यो सूचना प्रकाशन भएको मितिले ३५ (पैंतीस) दिनभित्र लिखित निवेदन यस विभागमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अन्यथा निवेदकको माग बमोजिम भइजाने व्यहोरा समेत जानकारी गराइन्छ। साथै यो सूचनाले मात्र विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन भएको मानिने छैन,भनि जानकारी गराएको छ। स्रोत काठमाडौँ ,महानगरपालिका

