
काठमाडौँ,बैसाख ११ गते
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको एक कार्यक्रम उद्घाटन गर्नु भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा चारदिनसम्म चल्ने प्रतियोगितामा ५ टिम सहभागी छन् ।
उद्घाटनका अवसरमा खेलाडी उषा भण्डारी र भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई नगदसहित सम्मान गरिएको थियो । प्रतियोगिताको कुल पुरस्कार राशी करिब १४ लाख रुपैयाँ रहेको छ ।स्रोत :National Sports Council, Nepal
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

