
काठमाडौँ,माघ १४ गते
‘सहरी सरसफाइ र स्वच्छता कायम गराउने प्रक्रियामा कमजोरी देखाउने छुट छैन’ – कार्यवाहक प्रमुख, डंगोल
फोहर व्यवस्थापनको जिम्मेवारी पाएका क्षेत्रगत प्रतिनिधिसँग छलफल
सहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई पनि नभएको बताउँदै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सहरका सडक, सडक किनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक र मानिसका घरका ढोका कतै पनि फोहरका पोका थुप्रिएको अवस्थामा हुनु नहुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाभित्रको फोहर संकलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिहरुसँग सहरी सरसफाइको अभ्यास, यसको दिगोपनाका लागि गर्नुपर्ने नीतिगत र व्यावहारिक सुधारका पक्षमा छलफल गर्दै उहाँले भन्नुभयो, ‘तोकिएको समय र विधिबाट फोहर संकलन हुनुपर्छ । सडक बढार्नुपर्छ । सहरी सरसफाइमा फोहर उत्पादकदेखि व्यवस्थापकसम्म सबैको जिम्मेवारी छ । सबैले आफ्ना आफ्ना जिम्मेवारीलाई इमान्दार भएर पूरा गर्नुपर्छ । आफू जिम्मेवार नबन्ने, अरुलाई दोष देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै जानुपर्छ ।’स्रोत :metronews. kathmandu
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

