पोखरा ,माघ १५ गते

आज मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदुरफश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा मा हुस्सु/कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभाग ,मौसम पूर्वानुमान महाशाखा का अनुसार आज को मौसम :मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदुरफश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । भने
आज दिउँसोको आंकलन (Outlook for today)कोशी तराई केही स्थानहरूमा लागेको हुस्सु/कुहिरो मध्यान्नसम्म सुधार हुने सम्भावना रहेको छ। मधेशका धेरै स्थानहरूमा लागेको हुस्सु/कुहिरो मध्यान्नपछि क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको छ।
बागमती तराई केही स्थानहरूमा लागेको हुस्सु/कुहिरो मध्यान्नसम्म सुधार हुने सम्भावना रहेको छ।
गण्डकी तराई केही स्थानहरूमा लागेको हुस्सु/कुहिरो मध्यान्नसम्म सुधार हुने सम्भावना रहेको छ।
लुम्बिनी तराई धेरै स्थानहरूमा लागेको हुस्सु/कुहिरो मध्यान्नपछि क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको छ।
सुदूरपश्चिम तराई धेरै स्थानहरूमा लागेको हुस्सु/कुहिरो मध्यान्नपछि क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको र मध्यान्नपछि क्रमिक सुधार हुने सम्भावना रहेको  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0