समुन्नत नेपाल पार्टीको घोषणा-पत्र (संक्षिप्त)
मार्गदर्शक सिद्धान्तः एकता, प्रगति र गौरव
—————————— ——-
प्राग्म्याटिक प्रोस्परिज्म (Pragmatic Prosperism) जनताको अधिकार, समृद्धि र राष्ट्रिय
हितलाई केन्द्रमा राख्दै व्यावहारिक नीति र स्पष्ट दृष्टिबाट राष्ट्र निर्माण।
राजनीतिक दर्शन र शासन व्यवस्था
उदार अर्थतन्त्र + सबल निजी क्षेत्र समाजको स्वामित्व नियामक राज्य = समुन्नतवाद
जेन जी र मिलेनियल्सका लागि ३०% संसदीय सिट आरक्षण
गरिबी हाम्रो प्रमुख शत्रु, राष्ट्रिय समुन्नति साझा जिम्मेवारी
संविधानको औचित्यपूर्ण कार्यान्वयन
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
१६५ सदस्यीय प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा
पूर्ण समानुपातिक राष्ट्रिय सभा
प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, सानो विज्ञ आधारित मन्त्रिमण्डल
प्रदेशमा Oversight Mechanism राखी सशक्त स्थानीय सरकार
राष्ट्रिय सार्वभौमसत्ता र परराष्ट्र नीति
—————————— ———–
लिपुलेक, कालापानी, लिम्पियाधुरा सहित सबै सीमा विवादको स्थायी समाधान
अधिकारसम्पन्न उच्चस्तरीय सीमा संयन्त्र गठन
Nepal First Policy
भारत र चीनसँग सन्तुलित, सम्मानजनक सम्बन्ध
One China Policy प्रति प्रतिबद्धता
नेपाली भूमिबाट छिमेकीको सुरक्षामा असर नपर्ने ग्यारेन्टी
—————————— ——
सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
भ्रष्टाचारविरुद्ध स्वतन्त्र निकायलाई पूर्ण अधिकार
भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण
स्वविवेकीय अधिकार कटौती
डिजिटल सुशासन, पारदर्शी सेवा
संघीय निजामती सेवा ऐन तुरुन्त जारी
Meritocracy आधारित सरुवा-बढुवा
आर्थिक क्रान्ति र रोजगारी
—————————— ——
७ वर्षमा GDP दोब्बर
उत्पादनमुखी र निर्यातमुखी अर्थतन्त्र
निजी क्षेत्रको नेतृत्व, PPP मोडल
स्टार्टअप र SMEs लाई ५ वर्ष कर छुट
न्यून ब्याजदर ऋण, एकद्वार सेवा
५०,००० MW आन्तरिक माग, १०,००० MW निर्यात
पर्यटन ४० लाख पर्यटकसम्म विस्तार
कृषि, खाद्य सम्प्रभुता र ग्रामीण अर्थतन्त्र
—————————— —————
Net Food Importing अन्त्य
MSP (न्यूनतम समर्थन मूल्य) ग्यारेन्टी
जग्गा चक्लाबन्दी र सामूहिक खेती
सिँचाइलाई राष्ट्रिय प्राथमिकता
७५३ स्थानीय तहमा सप्लाइ चेन, कोल्ड स्टोर
तराई-मधेशमा कृषि आधारित उद्योग
पूर्वाधार र स्मार्ट सिटी
—————————–
काठमाडौं, पोखरा, चितवन, विराटनगर, धरान, धनगडी, सुर्खेत, वीरगन्ज, जनकपुर र अन्य आवस्यक ठाउको छनोट गरि स्मार्ट सिटी
प्रत्येक जिल्लामा एक स्मार्ट शहरको विकास-
बाहिरी चक्रपथ र मेट्रो
पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र निजगढ विमानस्थल तिर्व रुपमा निर्माण
शिक्षा, सीप र युवा सशक्तीकरण
—————————— —
शिक्षा बजेट न्यूनतम २०%
संघीय शिक्षा ऐन तुरुन्त जारी
TVET विद्यालय तहदेखि अनिवार्य
नेपाललाई Mountain Engineering, Agriculture, Tourism को Academic Hub
“एक व्यक्ति, एक सीप” अभियान
Volunteer for Nepal राष्ट्रिय स्वयंसेवी दस्ता
स्वास्थ्य, सामाजिक न्याय र सुरक्षा
—————————— ——
आधारभूत स्वास्थ्य बीमा अनिवार्य
सहकारी, लघुवित्त, मिटरब्याज पीडितलाई न्याय
सुरक्षा निकायको मनोबल वृद्धि
UBI (आधारभूत आय) चरणबद्ध लागू
इन्टेलिजेन्स ब्युरो निर्माण
हरित अर्थतन्त्र र वातावरण
—————————-
२०३५ सम्म ५०% नवीकरणीय ऊर्जा
जलवायु परिवर्तनविरुद्ध दीगो नीति
हिमाल, चुरे र प्राकृतिक स्रोत संरक्षण
समावेशिता र मानव अधिकार
—————————-
सम्पूर्ण नेपालि नागरिकहरुको समान दृष्टिकोण, समान अवसर
Affirmative Action प्रभावकारी कार्यान्वयन
मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र निजी सम्पत्तिको पूर्ण सुरक्षा, राष्ट्र र समाजको स्वामित्वको उदारता
NRN र राष्ट्र निर्माण
NRN को लगानी सुरक्षा मतदान अधिकारप्रति प्रतिवद्धता राष्ट्र निर्माणमा सक्रिय साझेदारी कार्यकारी प्रमुख, न्यायाधीश, सुरक्षा प्रमुख बाहेकको पदमा रही सेवा गर्ने अवसरको ग्यारेन्टी
अन्तिम प्रण
युवा सोच र शक्तिबाट सुशासन, समृद्धि र राष्ट्रिय गौरव। गरिबी अन्त्य गर्दै समुन्नत नेपाल निर्माण हाम्रो अभियान।
जय समुन्नत नेपाल ! सर्बेन्द्र खनाल सभापति : समुन्नत नेपाल पार्टी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

