कर्णालि प्रदेश,चैत्र ३ गते
प्राकृतिक स्रोतको अत्यधिक दोहन : कागजमा निजी जमिनबाट, तर संकलन वनबाट
यस विषयमा डिभिजन वन कार्यालयको ध्यानाकर्षण भएको जानकारी प्राप्त भएको छ र सम्बन्धित व्यक्ति वा स्थानको विवरण समेत माग गरिएको बुझिन्छ।
डिभिजन वन कार्यालयले निजी क्षेत्रबाट संकलन गर्न दिएको अनुमति सम्बन्धी फाइलहरू एक पटक पुनः अवलोकन गर्नु उपयुक्त हुन्छ। ती फाइलहरूमा संकलन गर्ने व्यक्तिको विवरण, लालपुर्जा तथा नक्सामा उल्लेख गरिएको स्थान स्पष्ट रूपमा राखिएको हुन्छ।
त्यसैले कागजमा उल्लेख गरिएका ती स्थानहरूमा एक पटक स्थलगत रूपमा पुगेर अवलोकन गरियो भने वास्तविक अवस्था स्पष्ट हुने र प्रमाण समेत भेटिन सक्छ।
अहिले घाटगद्दी भएको स्थान वरिपरि , कागजमा उल्लेख भएका स्थानहरूमा नै पुगेर अनुगमन गर्नु आवश्यक देखिन्छ।
उक्त विषय सम्बन्धी तपाईँहरूसँग कुनै प्रमाण, तथ्य वा जानकारी उपलब्ध भए कृपया पेश गरिदिनु हुन अनुरोध छ।”
कागजमा प्राकृतिक स्रोतहरू निजी जमिनबाट संकलन भएको देखाइए पनि फिल्डमा भने वन क्षेत्रबाट ठूलो परिमाणमा संकलन भइरहेको संकेत देखिन्छ। धेरै ठाउँमा काण्ड मात्र होइन, जरा सहितै उखेलेर संकलन गर्दा भु–क्षय र स्रोतको दीर्घकालीन क्षतिको जोखिम बढेको छ। समयमै दिगो व्यवस्थापन र निगरानी नभए प्राकृतिक स्रोतको अत्यधिक दोहनले वातावरण र पारिस्थितिक प्रणालीमा गम्भीर असर पार्न सक्छ स्रोत :WildNepal
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0