चितवन,भरतपुर चैत्र ४ गते

महिला उद्यमीहरुलाई चितवन उद्योग वाणिज्य संघले दियो  दुई दिने कर सम्बन्धी तालिम

चितवनका उद्योगी व्यावसायीहरुको छाता संस्था चितवन उद्योग वाणिज्य संघले महिला उद्यमीहरुलाई लक्षित गरी कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी तालिम कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ । तालिम महिला उद्यमहरुलाई आयकर  तथा मूल्य अभिवृद्धि कर लगायत मिसम्याच एवम् करका नीतिहरुका बारेमा जानकारी गराउने उद्देश्य तालिमको आयोजना गरिएको हो । तालिम चितवन उद्योग वाणिज्य संघको आयोजना एवम् GIZ RSRSD को प्राविधिक सहयोगमा कृष्णपुर स्थित चितवन होलिडे पार्टी भेनुको सभाहलमा भएको थियो ।
तालिमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले करका नीति नियम तथा कर सम्बन्ध कार्यमा व्यवसायीलाई सहज गराउने उद्देश्यले तालिमको आयोजना गरेको बताउँदै उहाँले सहभागी महिला उद्यमीहरुलाई सक्रिय रुपमा सहभागि भई लाभान्वित हुनका साथै जिज्ञासा लागेको कुरा निर्धक भएर प्रशिक्षकज्यूहरूलाई सोध्न अनुरोध गर्नुभयो ।
कार्यक्रमको प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले कर सम्बन्धी व्यवसायीहरुले जानेको छैन भनेर छुट नहुने भन्दै उहाँले यस्ता किसिमका प्रशिक्षण कार्यक्रमले व्यवसायीहरुलाई फाइदा हुने बताउनुभयो । उहाँले प्रशिक्षकहरुलाई करका बारेमा बजारमा आएको समस्याका विषयलाई ध्यानमा राखेर सिकाउनु पर्ने बताउँदै कार्यक्रम  सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0