पोखरा ,चैत्र ३ गते
रास्वपाले नवनिर्वाचित सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम शुरु , २ उप-सभापतिले घण्टी बजाएर गरे उद्घाटन गरेका थिए। ,रास्वपा सांसदहरु लाई २ दिने प्रक्षिण कार्यक्रम को पहिलो दिन मा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले आगामी निर्वाचनसम्म पार्टीले जनताको विश्वास जित्दै प्रतिपक्षीविहीन अवस्था सिर्जना गर्नेगरी काम गर्नुपर्ने बताएका छन्। सांसद अभिमुखीकरण कार्यक्रममा उनले सुशासन कायम गर्ने, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने, भ्रष्टाचार अन्त्य गर्ने तथा दूरदराजका नागरिकसम्म राज्यको उपस्थितिको अनुभूति दिलाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। साथै पार्टीका सबै सदस्यले आफ्नो जिम्मेवारी पूरा गर्दै राष्ट्रहितमा योगदान गर्नुपर्ने र आन्तरिक द्वन्द्वबाट टाढा रहनुपर्ने उनले उल्लेख गरेका छन्। सुदन गुरुङले प्रतिनिधिसभा सदस्य भए बापत पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन्  ।
सुदन गुरुङले आफूले सांसदको तलब नराख्ने र उक्त पैसा बरु Gen Z आन्दोलनका घाइतेहरू तथा सहयोग आवश्यक भएका २ जना नानीहरूको पढाइका लागि दिने खुलाएका छन्। रास्वपाका सांसदहरुको दुईदिने प्रशिक्षण कार्यक्रम ललितपुरमा सुरु भएको हो। हालै सम्पन्न निर्वाचनबाट रास्वपाका १८२ जना सांसद निर्वाचित भएका थिए । रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम मा  रवि र बालेन अनुपस्थित भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0