
काठमाडौँ,चैत्र ११ गते
वडावासीको कलेजो जाँच गर्न वीर अस्पतालसँग वडा नं. २७ को सम्झौता
सम्झौता बमोजिम कलेजो जाँच र प्रारम्भिक उपचार हुनेछ
वडावासीको कलेजो जाँच गर्न काठमाडौँ महानगरपालिकाको वडा नंं २७ ले वीर अस्पतालसँग सम्झौता गरेको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा वडाध्यक्ष योगेशकुमार खड्गी र अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अवसरमा कार्यवाहक प्रमुख डंगोलले, सहरवासी विस्तारै नसर्ने रोगको जोखिममा पर्दै गएको अवस्थामा वडावासीका लागि वडा कार्यालय अगाडि ल्याएको कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।स्रोत :काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

