
पोखरा ,चैत्र १३ गते
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू ले नेपालको संविधानको धारा ७६(९) अनुसार प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन गर्नुभएको छ। श्री वालेन्द्र शाह लाई प्रधानमन्त्री नियुक्त गरिएको छ।
विभिन्न मन्त्रालयका लागि मन्त्रीहरू नियुक्त गरी उनीहरूको कार्यविभाजन (जिम्मेवारी) तोकिएको छ। मन्त्रीहरूको जिम्मेवारी मा प्रधानमन्त्री – रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति,अर्थ मन्त्रालय – डा. स्वर्णिम वाग्ले,गृह मन्त्रालय – श्री सुदन गुरुङ,परराष्ट्र मन्त्रालय – श्री शिशिर खनाल,भौतिक पूर्वाधार तथा यातायात – श्री सुनिल थापा,ऊर्जा, जलस्रोत तथा सिँचाइ – श्री विराज भक्त श्रेष्ठ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन – श्री खडक राज पौडेल
शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद – श्री सुमित पोखरेल,स्वास्थ्य तथा जनसंख्या; खानेपानी – श्री निशा मेहता,सञ्चार तथा सूचना प्रविधि – डा. विक्रम तिमिल्सिना,संघीय मामिला तथा सामान्य प्रशासन – श्री प्रतिमा रावल
कानुन, न्याय तथा संसदीय मामिला – श्री सविता गौतम,कृषि तथा पशुपन्छी विकास; वन तथा वातावरण – श्री गीता चौधरी,श्रम, रोजगार तथा सामाजिक सुरक्षा – श्री दीपक कुमार साह,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक – श्री सीता वादी पर्नु भएको छ। राष्ट्रपतिभवनमा आयोजित समारोहमा प्रधानमन्त्री तथा मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ भैसकेका छन्। बालेन नेतृत्वको सरकारका पहिलो मन्त्रीपरिषदका निर्णयहरु मा १. जेनजी शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय,२. सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने,३. शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत,४. जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने भनिएको छ। तर भ्रष्टचारी लाइ उन्मुक्ति नदिने विषय भने परेन ,

