
पोखरा ,चैत्र १४ गते
राष्ट्रिय स्वतन्त्र पार्टी को प्रधानमन्त्रि तथा मन्त्रिमन्डल गठन गरेको १८ घण्टा नपुग्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका हुन्।
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले शनिवार बिहान निवासबाटै पक्राउ गरिएको हो। अकस्मात पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को स्वास्थ्य मा खराब आएपछी उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट स्वास्थ्य परीक्षण गर्न वीर अस्पताल लागिएको हो। गृह मन्त्रि सुदन गुरुङ ले घुस खोरी सबैलाई कारवाही हुन्छ, कसैलाई उन्मुक्त दिँदैनौँ ,PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन।भनेर फेसबुक मा स्टाटस समेत लेखेका छन। अब देशले नयाँ दिशा लिने समेत विश्वास व्यक्त गरेका छन्। ओली पक्राउपछि एमाले पार्टी कार्यालयमा आकस्मिक बैठक बस्दै छ। पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो गिरफ्तारीलाई “मलाई राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको छ। म यसको राजनीतिक र कानुनी दुवै लडाइँ लड्न तयार रहेको बताएका छन। एमाले सचिव महेश बस्नेतले ओली पक्राउपछि देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् ।

