Home Top-Headline नेपाल पत्रकार महासंघ कास्की का पुर्व अध्यक्ष श्री माधव शर्मा : एआई तालिम अपरिहार्य

नेपाल पत्रकार महासंघ कास्की का पुर्व अध्यक्ष श्री माधव शर्मा : एआई तालिम अपरिहार्य

0
पोखरा, बैशाख २९ गते
पत्रकारितामा मल्टिमिडिया र एआई सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ कास्की को सभाहल मा २०८३ साल बैशाख २७ गतेदेखि २९ गतेसम्म बिहान ११ बजेदेखि उक्त तालिम संचालन  भएको थियो । पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिमको प्राविधिक सहयोगीमा नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन) रहेको थियो । तालिम को पहिलो दिन मा सन्तोष पन्त ले  सहजीकरण गर्नुभएको थियो भने तालिम को दोस्रो र तेस्रो दिन मा NIMJN का संस्थापक तथा तालिम का  प्रमुख प्रशिक्षक रजनिश भण्डारी ले गर्नु भएको थियो ।
  तालीम को समापन भने  नेपाल पत्रकार महासंघ कास्की का पुर्व अध्यक्ष श्री माधव शर्मा ले गर्नु भएको थियो । उहाँले जहिले पनि ज्ञान भनेको  सार्थक हुन्छ , जसरी घर मा भएका चक्कु, बन्चरो आदि सामग्रीहरु काट्न वा ,फुटाउन  उदाइने  गरिन्छ , जसरी गाडीहरु पनि गुडाउन मेन्टेनेन्स वा सर्भिसिङ गर्ने गरिन्छ त्यसरी  नै ज्ञान बोटल्न यस्ता तालिम अपरिहार्य रहेको  बताउनु भएको थियो । सीप सिक्न पाउनु वास्तवमै एउटा ठूलो अवसर हो।सीपले मानिसलाई आत्मनिर्भर, सक्षम र आत्मविश्वासी बनाउँछ। आजको समयमा शिक्षा मात्र होइन, व्यवहारिक सीप पनि अत्यन्त महत्वपूर्ण हुने शर्मा ले बताउनु भएको थियो ।
अन्त्यमा उहाँले आँफुले अहिलेसम्म यस्ता तालिम नलिएका ले AI तालिम  सुन्दा आश्चर्य लागेको समेत बताउनु भएको थियो ।  भाइरल बाहाना मा  विभिन्न  घटनाक्र्म लाई केही  युट्युबकर्मीहरु  ले भ्र्मात्मक अफवाह फैलाउने गरेको ले त्यस्ता कार्य बाट सजग भै AI को दुरुपयोग नगरी समुचित ढंगबाट समाचार सम्प्रेषण गर्न अनुरोध समेत व्यक्त गर्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here